अदम्य शाहस र अटुट हिम्मतका प्रतिमुर्ती सम्माननीय प्रधानमन्त्री ओली ज्यु : श्वेता खड्का

काठमाडौ। नेपाली सिने जगतकी चर्चित नायिका तथा समाजसेवी श्वेता खड्का सामाजिक संजालमा प्रायः सक्रिय रहन्छिन्। समसामयिक विषयलाई लिएर आफ्नो आधिकारिक फेसबुक पेजमा हरेक दिन केहि न केहि आफ्नो विचार र तर्कका साथ् केहि न केहि लेखिरहेको देखिन्छन।

आज प्रधानमन्त्रि ओलीको मृगौला प्रत्यारोपणको दिनमा सामाजिक संजालमा प्रधानमन्त्री ओलीका शुभचिन्तकहरुले उनका सुस्वास्थ्य दिर्घायुको कामना गरेका छन्। यसैक्रममा नायिका श्वेता खड्काले पनि सामाजिक संजाल मार्फत आफ्ना विचार यसरि व्यक्त गर्नुभएको छ:

“अदम्य शाहस र अटुट हिम्मतका प्रतिमुर्ती सम्माननीय प्रधानमन्त्री श्री के.पी. शर्मा ओली ज्यु को सफल मृगौला प्रत्यारोपण भएको समाचारले निक्कै हर्षित तुल्याएको छ । दृढ इक्ष्याशक्ती भएमा कुनै रोगले गाल्न र ढाल्न सक्दैन भन्ने दरिलो उदाहरण म स्वयम पनि हुँ । प्रधानमन्त्री ज्यु को आत्मबल देखेर म थप उत्साहित र प्रभावित भएकी छु । मनले देखेको स्वच्छ सपना त्यस्ले मात्र पुरा गर्न सक्छ जो सँग आँट , शाहस र हिम्मत छ । प्रधानमन्त्री ज्युमा यि तीन वटै गुण भरिएको छ । अत : प्रधानमन्त्री ज्यु , चाँडो भन्दा चाँडो स्वास्थ्य लाभ गरी देशलाई सम्बृद्दिको मार्गमा तिब्र गतीमा दौडाउन तन्दुरुस्त र दुरुस्त भएर फर्कनुहोस् । हजुरलाई शुभकामना ।”