त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक गरिएका मिर्गौला प्रत्यारोपण सतप्रतिशत सफल

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको आज दोस्रो पटक मिर्गौला प्रत्यारोपण हुँदैछ। महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा बिहान ९ बजेदेखि चिकित्सकहरूले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गरिरहेका छन्।

त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्ने प्रधानमन्त्री ११ औं व्यक्ति हुन्। प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको नेतृत्व गरिरहेका मिर्गौला प्रत्यारोपण केन्द्रका प्रमुख प्राध्यापक डाक्टर प्रेमराज ज्ञवालीका अनुसार यसअघि १० जनामा दोस्रो पटक मिर्गौला प्रत्यारोपण सफल भइसकेको छ।

‘हामीले अहिलेसम्म १० वटा बिरामीको अपरेसन गरेका छौं। १० वटामै सफल भएका छौं। उहाँहरूको दोस्रो मिर्गौलाले एकदम राम्रोसँग कामसमेत गरेको छ,’ ज्ञवालीले केही दिनअघि भनेका थिए।

उक्त अस्पतालमा पहिलो पटक गरिएको प्रत्यारोपणको सफलता पनि झन्डै ९९ प्रतिशत छ। अन्तर्राष्ट्रिय मापदण्डअनुसार मिर्गौला प्रत्यारोपण गरिसकेपछि त्यो मिर्गौलाले एक वर्षसम्म काम गर्ने तथ्यांक ९५ देखि ९७ प्रतिशत भयो भने त्यसलाई मिर्गौला प्रत्यारोपणको सफलताको आँकडा मानिन्छ। त्रिवि शिक्षण अस्पतालको तथ्यांक हेर्ने हो भने हो भने ९८ दशमलव ७ प्रतिशत छ।

भिडियो हेर्नुहोस:

पूरा समाचार पढ्नुहोस…