प्रधानमन्त्रीज्यू, तपाईं यो युगको राजनेता हो, मुस्कानसहित फर्किएको हेर्ने व्यग्र प्रतीक्षामा छौँ

  • ऐन महर

एक युगमा एउटा राजनेताको जन्म हुन्छ । गर्वका साथ ढुक्क भएर भन्छौं तपाईं यो युगको राजनेता हो। सिङ्गो जीवन पञ्चायतका बिरुद्ध, राजतन्त्रका बिरुद्ध,सामन्तवाद बिस्तारवाद र साम्राज्यवाद बिरुद्ध,गरिबी र पछौटेपनका बिरुद्धमा लोकतन्त्र,सामाजिक न्याय,देशको बिकास र समृद्धि का लागि संघर्ष गर्नु भयो।

मुर्छित सपनाहरुलाई जागृत गर्नु भयो। नेपालीहरुमा झण्डै हराइसकेको राष्ट्रवादको भावना बिकास गर्नुभयो । हाम्रै पालामा हामिले नै यो देश बनाउन सकिन्छ भन्ने आत्मबिश्वास देशबासिलाइ जागृत गर्नुभयो।आफ्नो ब्यक्तिगत जिवनको कुनै प्रवाह गर्नु भएन न त आफ्नो परिवार र नातागोताको। सिङ्गो देशलाई आफ्नो घर र सबै जनतालाई आफ्नो परिवार सम्झिनु भयो।

यो देशका सबै बाल बच्चा र युवाहरुलाई आफ्नो सन्तान सम्झिनु भयो। त्यही भएर यो देश नेपाली जनता सबै बालबालिका र युवाहरुको बिकास समृद्धि शिक्षा र स्वास्थ्यका लागि जस्तो सुकै संघर्ष गर्न तत्पर हुनु भयो।१४ बर्ष कठोर जेल जीवन ,जेल सार्न खोज्दा मारिने कुराको चिन्ता नगरी सहर्ष स्विकार गर्दै अनवरत कठोर संघर्ष गर्नु भयो।त्यसैले आज ४५ बर्ष देखि रोग संग संघर्ष गर्दै हुनुहुन्छ।

तपाईं आत्मबिश्वास, उच्च मनोबल र दृढ इच्छाशक्ति को अनुपम उदाहरण हुनुहुन्छ र आज मानव जाती नेपाली जनता र खास गरि युवा विद्यार्थी का लागि प्रेरणाको स्रोत पनि।त्यही भएर धेरै पटक गम्भीर खालका रोगमाथी पनि बिजय हासिल गर्नु भयो। यसपटक त तपाईले भिडियो सन्देशमा भन्नुभए जस्तै चिकित्सक हरुले पनि ढुक्क हुन भनेका छन।

तपाईं अस्पतालको बेडमा पनि शारीरिक ब्यायाम गरिरहनुभएको छ । आज फागुन २१ गते ९ बजे बाट मृगौला प्रत्यारोपण हुँदै छ। करिब ५ घण्टा जति समय लाग्छ रे शल्यक्रिया को चिकित्सक ले भन्नुभएको । सिङ्गो देश आजको दिउँसो २ बजे तपाईंको शल्यक्रिया सफलताको लागि आँखा चियाएर कान फुकाएर महाराजगन्ज स्थित टिचिङ्ग अस्पताल तिर ध्यान केन्दृत गरिरहेको छ र तपाईको त्यो मीठो मुस्कान सहितको हँसिलो अनुहारमा अस्पताल बाट डिस्चार्ज भएर बालुवाटार जाँदै गरेको हेर्न व्यग्र प्रतीक्षामा छौं। बहिनी समिक्षा संग्रौला ले मृगौला दान गर्दै आफुलाई महामानव प्रमाणित गर्नु भएको छ। हार्दिक धन्यवाद साथै यो राष्ट्र सिङ्गो देश करोडौं युवाहरु समिक्षाप्रती ॠणि छौं।
सफल मृगौला प्रत्यारोपण तथा शिघ्र स्वास्थ लाभको शुभकामना #DearPM

(लेखक महर अनेरास्ववीयूको संयोजक हुन ।)