रविको ‘द लिडर’मा शृंखला खतिवडा देखि रमेश खरेल सम्म

काठमाडौं। रवि लामिछानेले प्रस्तुत गर्ने रियालिटी शो ‘द लिडर’ मा मिस नेपाल शृंखला खतिवडा देखि रमेश खरेलसम्म जोडिने भएका छन् । रवि लामिछानेले पूर्व प्रहरी अधिकृत रमेश खरेल र शृंखला खतिवडा कार्यक्रममा जोडिएको खबर सामाजिक संजाल मार्फत उल्लेख गरेका छन् ।

सुरुवात देखि नै रमेश खरेललाई ‘द लिडर’ को जजको रुपमा राख्नुपर्ने भन्दै दर्शकको चाहना केहि हद सम्म पूरा हुने भएको छ । रमेश खरेल र शृंखला खतिवडा यस कार्यक्रमको अडिसन भर साथ रहनेछन् ।सात प्रदेशमा हुन लागेको अडिसनमा यी दुईले पतिस्पर्धीको छनोट गर्नेछन् । रवि लामिछाने सहित यी दुईका साथ हरेक प्रदेशबाट थप एक जना जज मिलेर प्रतिस्पर्धी छनोट गर्नेछन ।

केहि हप्ता पश्चात पहिलो अडिसन चितवनबाट सुरु गर्ने तयारी रहेको छ ।न्यूज २४ टेलिभिजन, रमाइलो टीभी एचडी र गुन्द्रुक एपमा प्रसारण हुने द लिडरको निर्याणक मण्डलमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वप्रधानन्यायाधिश सुशीला कार्की, कांग्रेस नेता प्रदिप गिरी, नेकपाका नेता प्रदिप नेपाल तथा साझा पार्टीका संयोजक रवीन्द्र मिश्र रहने छन् ।

सातै प्रदेश तथा विदेशका विभिन्न स्थानमा अडिसन गरी १ सय प्रतिस्पर्धीलाई काठमाडौं लागि फाइनलमा प्रवेश गराइने छ ।’द लिडर’ देश को सेवा गर्ने नेता छनोट गर्ने नेपाल को पहिलो रियालिटी शो हो । द लिडरको विजेताले अपार्टमेन्ट, गाडी र २० लाख रुपैयाँबाट पुरस्कार प्राप्त गर्नेछन् ।