कोरोनाको असर : भारतले लगायो प्यारासिटामोलसमेत यी २६ औषधी निर्यातमा रोक

काठमाडौं। भारत सरकारले प्यारासिटामोललगायत २६ प्रकारका औषधी निर्यातमा रोक लगाउने निर्णय गरेको छ । डायरेक्ट्रट जनरल अफ फोरेन ट्रेड (डीजीएफटी)ले मंगलबार एक सूचना जारी गर्दै रोक लगाउने निर्णय सुनाएको हो । जनाइएअनुसार औषधी निर्यातमाथिको रोक आज (मंगलबार)देखि नै लागु हुनेछ ।

चीनलगायत विश्वका अन्य मुलुकमा देखिएको कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै भारतले उक्त निर्णय गरेको हो । भारत केहि महत्वपूर्ण औषधीको लागि चीनसँग निर्भर छ । भारतले चीनबाट औषधी आयात बन्द भएसँगै आफ्नो मुलुकबाट औषधी निर्यात गर्न बन्द गर्ने निर्णय गरेको हो ।

भारत सरकारले गरेको निर्णयसँगै यसको असर नेपालमा पनि पर्ने देखिएको छ । नेपाल कतिपय औषधीमा भारतसँग निर्भर छ ।

यी हुन् भारत सरकारले निर्यातमाथि रोक लगाएका २६ औषधी

प्यारासिटोमोल
टिनिडेजोल
मेट्रोनाइडेजोल
एसायक्लोविर
भिटामिन बी १
भिटामिन बी ६
भिटामिन बी १२
प्रोजेस्टेरोन
क्लोरेमफेनिकाल
इरिथ्रोमाइसिन सोल्ट
निओमाइसिन
क्लिडामाइसिन साल्ट
ओर्निडेजोल
फोर्मूलेशन मेड अफ क्लोरेमफेनिकल
फोर्मुलेशन मेड अफ इरिथ्रोमाइसिन साल्ट
फोर्मुलेशन मेड अफ क्लिंडामाइसिन साल्ट
फोर्मुलेशन मेड अफ प्रोजेस्टेरोन
फोर्मुलेशन मेड अफ भिटामिन बी
फोर्मुलेशन मेड अफ भिटामिन बी १२
फोर्मुलेशन मेड अफ भिटामिन बी ६
फोर्मुलेशन मेड अफ निओमाइसिन
फोर्मुलेशन मेड अफ ओर्निडेजोल
फोर्मुलेशन मेड अफ मेट्रोनाइडेजोल
फोर्मुलेशन मेड अफ टिनिडेजोल
फोर्मुलेशन मेड अफ एसायक्लोविर
फोर्मुलेशन मेड अफ पैरासिटामोल

चीनको कारण भारतमा औषधीको मुल्यमा बढोत्तरी

अमेरिकी मिडिया हाउस ब्लूमबर्गको पछिल्लो रिपोर्टअनुसार चीनबाट औषधी निर्यातमा बन्द भएसँगै भारतमा औषधीको मुल्यमा ४० प्रतिशतसम्म बढोत्तरी आएको छ ।

प्यारासिटामोललगायतका केहि औषधीको अभाव सिर्जना भएको छ । कोरोनाको संक्रमणमा प्रयोग हुने कतिपय औषधीको अभाव छ ।

भारत, पाकिस्तान, नेपाल र भुटानलगायतका देशहरु कतिपय एन्टीबायोटिक औषधीको लागि चीनसँग निर्भर छन् ।