पिताजीकाे आशीर्वाद लिएर प्रधानमन्त्री ओली अस्पताल भर्ना, पिता बने भावुक

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि सोमवार अस्पताल भर्ना भएका छन् ।

उनी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका हुन् । आगामी बुधवार प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्ने गरी तयारी छ। सन् २००८ मा पहिलोपटक मिर्गौला प्रत्यारोपण गरेका ओलीले १३ वर्षपछि पुनः मिर्गौला प्रत्यारोपण गर्न लागेका हुन् ।

प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपण गर्न लागेको समाचार सार्वजनिक भएपछि विभिन्न व्यक्तिले उनलाई सफल शल्यक्रिया र शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारबाट वाहिरिदा प्रधानमन्त्री ओलीले आफ्ना ९० बर्षीय पितासंग आशीर्वाद लिएर अस्पताल लागेका थिए। प्रम ओलीले पितासँग आशीर्वाद लिंदै गर्दा पिता मोहनप्रसाद ओली भावुक मुद्रामा देखिएका थिए।