कांग्रेसबाट विजयी वडाध्यक्ष नेकपामा प्रवेश

बझाङ । बझाङ जिल्लाको वित्थडचिर गाउँपालिका-५ का वडाध्यक्ष नेपाली कांग्रेस परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । कांग्रेसबाट विजयी भएका वडाध्यक्ष करवीर बाेहरा साेमबार नेकपामा प्रवेश गरेका हुन् ।

नेकपाकाे सुदूरपश्चिम प्रदेशको कार्यकर्ता भेलामा कांग्रेसबाट विजयी वडाध्यक्ष बोहरा नेकपामा प्रवेश गरेकाे गाउँपालिकाका अध्यक्ष प्रेम बोहराले जानकारी दिए । कांग्रेस देशमुक्त हुने सम्भावना भएको र देशको नेतृत्व नेकपाले गर्ने देखिएकाले यस्ताे निर्णय गरेकाे वडाध्यक्ष बोहराले बताए ।

कार्यक्रमा नेकपा सुदुरपश्चिम प्रदेश अध्यक्ष कर्ण बहादुर थापा, अनेरास्ववियु केन्द्रीय अध्यक्ष ऐेन महर लगाएतको उपस्थिती रहेको थियो । वि.सं. २०७४ मा कांग्रेसको तर्फबाट विजयी भएका बाेहाेरा नेकपाको कार्यकर्ता भेलामा पार्टी प्रवेश गरेकाे नेकपाका नेता नरेन्द्र खडकाले बताए।