‘प्रचण्ड’लाई ताकेर जु’त्ता प्र’हार गर्ने व्यक्तिबारे खुल्यो रहस्य (विज्ञप्ति सहित)

काठमाडौ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ता’केर जु’त्ता प्र’हा’र गर्ने व्यक्ति सरकारद्वारा प्रतिबन्धित विप्लव समूहका रहेको दा’बी गरिएको छ।

कम्युनिस्ट नेता स्वर्गीय भरतमोहन अधिकारीको स्मृतिमा राष्ट्रिय सभा गृहमा आइतबार आयोजित सभामा सम्बोधन सकेर फर्किने क्रममा प्रचण्डलाई लक्षित गरी जु’त्ता प्र’हार भएको थियो।

मञ्चभन्दा टाढाबाट हानिएको जु’त्ता प्रचण्डसम्म पुग्न भने पाएन। जु’त्ता प्र’हार गर्ने जुम्ला घर भएका रतन तिरुवालाई प्रहरीले नि’य’न्त्रणमा लिइएको छ।

सहिद परिवारका रहेका भनिएका ती व्यक्ति नेकपाका कार्यकर्ता रहेको चर्चा चले पनि नेकपा जुम्लाले ख’ण्डन गरेको छ। नेकपा जुम्लाका अध्यक्ष वीरबहादुर कुँवरले विज्ञप्ति जारी गरेर घ’टनाको भ’त्र्स’ना गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘रतन तिरुवा कुनै सहिद परिवार र हाम्रो (नेकपा) पार्टीको समर्थकसम्म नभएको उक्त व्यक्ति विप्लव समूहको गतिविधिमा रहेको जानकारी गराउँदछु।’

साथै, उनी प्रहरीको खोजीमा रहेको व्यक्ति रहेको समेत नेकपाले दाबी गरेको छ।