भ्रष्टा’चारीलाई कारबाही गरे स्थानीय तह नै खाली हुन्छ : गृहमन्त्री थापा

पर्वत। गृहमन्त्री तथा नेकपा सचिवालय सदस्य रामबहादुर थापा बादलले स्थानीय तहमा भ्रष्टा’चार बढिरहेको भन्दै त्यसबारे चि’न्ता व्यक्त गरेका छन्।

जिल्ला प्रशासन कार्यालय पर्वतको नयाँ भवन उद्घाटनका लागि पर्वत आएका गृहमन्त्री थापासँग नेकपा पर्वतले राखेको नेता तथा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले अख्तियारलाई उद्धृत गर्दै स्थानीय तहमा भ्रष्टाचार बढेको बताएका हुन्।

‘अख्तियारबाट थाहा पाएको कुरा अनुसार सबैभन्दा बढी भ्रष्टा’चार स्थानीय तहमा भइरहेको छ’, उनले भने, ‘अख्तियारले भनेको छ, स्थानीय तहका भ्रष्टा’चारीलाई कारबाही गर्ने हो भने तहहरू नै खाली हुने अवस्था छ।’ स्थानीय तहका जनप्रतिनिधिलाई अ’ख्तियारले घु’ससहित रं’गेहात प’क्राउ गर्नुले स्थानीय तहमा भइरहेको भ्रष्टाचारको अवस्था देखाएको गृहमन्त्री थापाको भनाई छ।

झन्डै दुईतिहाइ बहुमतको सरकार केन्द्रमा रहनु र अधिकांश स्थानीय तहमा नेकपाकै जनप्रतिनिधिको वर्चस्व रहेका कारण नेकपाले नै भ्रष्टा’चार रोक्ने गरी काम गर्नुपर्ने उनले बताए।