डीएसपीलाई झा’पड हा’न्ने विमला दिदीको चिया पसल

काठमाडौ। भोजपुरको साधारण परिवारमा जन्मिएकी बिमलालाई कुनै कुराको कमि थिएन। दाइ अनि दिदीका साथमा रमाउँदै गाउँमा बाख्रा चराउन जान्थिन्। वनजङ्गल, खोलानालातिर सुनिने गीतका भाका साथीसंगीसँग वनपाखा गरेका ती दिनहरू कम्ता रमाइला थिएनन्।

सात कक्षा पड्दै गरेकी उनीलाई बुवाले काठमाडौं पठाए। काठमाडौं आएर ठूलो बुवाको छोरासँग उनकै डेरामा बस्न थालिन्। जिन्दगीका घुम्तीहरू पार गर्दै जादा उकाली ओराली गर्नै पर्ने हुन्छ सबैले। दिनचर्या चलाउन केही नकेही काम गर्नै पर्ने हुन्छ।

उनी पनि भोजपुरबाट आएको एक महिनामा गार्मेन्टमा काम गर्न थालिन्। गार्मेन्टको काम उनलाई खासै मनपरेको थिएन। तर, पनि काम गर्न छाडिनन् जसोतसो गरिनै रहिन्।

जीवनमा संघर्षको क्रम जारी नै थियो। यही क्रममा बिमलाकाे जीवनमा ध्रुव दाहालको आगमन भयो। दाइको साथीका रुपमा चिनजान भएका ध्रुव मन पर्न थाले उनलाई। मनमा अनेकखाले तरङ्ग पैदा हुन थाले। बिस्तारै उनीभित्र बिमलाले जीवनसाथीको छायाँ देख्न थालिन्।

अन्ततगत्वा बिक्रम सम्बत २०५४ मा तिनै ध्रुवसँग प्रेमको गाठो कसिलो भएपछि भागी बिबाह गरिन्। संस्कार अनि परम्परा दुवैलाई उनले सँगै चलाउन सकिनन्। कुराकानीका क्रममा विगत सम्झिदै उनले सुनाइन्–‘भागी बिबाह गरेकै कारण सुरु सुरुमा परिवारका सदस्यहरुले साइनो लगाएर बोलाउन नै मानेका थिएनन्। सम्पर्क गर्न खोज्यो कसैले वास्ता गर्दैनथिए। मन दुख्थ्यो, नराम्रो लाग्थ्यो। सुरुका दिनमा निकै मेहेनत गरे तर सोचेको जस्तो भएन। गारो थियो, ती दिन निकै कष्ठपूर्ण थिए।’

१७ वर्षकै उमेरमा विवाह बन्धनमा बाँधिएकी बिमला २१ वर्षको उमेरमा उनी आमा बनिन्। छोराको नाम राखियो ओम दाहाल।

दुई जनाको परिवारमा छाक टार्न समेत गाह्रो भइरहेको बेला बिमलाका बूढाबूढीलाई झन समस्या हुन गयो। गुजरा चलाउन र छोराको सुन्दर भबिष्यको कल्पना गरेर उनले एक जना चिनजानकी दिदीसँग कामको माग गरिन्। उनले अरूकोमा काम गर्नुभन्दा बरू आफैं चिया बेच्ने सल्लाह दिइन्।

घरखर्च धान्न त धौ–धौ परेको मान्छेसँग पसल राख्ने पैसा कहाँ हुनु ? उनै महिलाले आइडिया पनि दिइन्, ‘फुटपाथमा राखे उति खर्च लाग्दैन।’

बिमलालाई ‘नहुनु मामा भन्दा कानो मामा निको’ भनेझैं लाग्यो। त्यसपछि चिया बेच्ने ठाउँ खोज्न थालिन्। फेरि तिनै दिदीले संसद भवनको तीन नम्बर गेट आगाडि राख्दा हुन्छ भने पछि नजिकै रहेको बिग मार्टका सुरक्षा गार्डसँग सोध्न पुगिन्। उनले पनि हुन्छ त भने। तर, महानगरले दुःख दिन्छ भन्ने कुरा समेत सुनाए।

खाने मुखलाई जुँगाले छेक्दैन भने जस्तै काम गरेर खाने हातलाई त्यो महानगरले के नै गर्न सक्थ्यो र? उनले भोलिपल्टदेखि नै काम गर्न थालिन्।

सुरूको दिनमा पसल चलाउन ५०० रुपैयाँ जम्मा पारिन्। र एउटा स्टोभ १० पाउण्ड दूध र भाँडा लगेर लागिन् संसद भवनको तीन नम्बर गेटतिर।

‘पहिलो दिन त साह्रै लाज लाग्यो नि,’ भकभकी उम्लिएको चिया दिउरेले चलाउँदै उनी आफ्नो कथा सुनाउँदै थिइन्, ‘त्यो दिन ८ बजेसम्म १० प्याकेट दुध सकिएपछि हतार–हतार झोलामा भाडाकुँडा कोचेर कोठामा गएँ। त्यो दिन निकै द्विविधा भयो, भोलिदेखि जाने कि नजाने? निदाइरहेको छोरोको अनुहार देखेपछि सोचेँ- उसको लागि मैले यस्ता सरम पचाउनुपर्छ। भोलिपल्ट बिहान तीनै बजे अघिल्लो दिनको भन्दा दस प्याकेट बढी दुध बोकेर गएँ। दोस्रो दिन त लाज पनि निकै कम लाग्यो।’

उनलाई पहिलो दिनमै १५० रुपैया नाफा भएकाले पनि हौसला प्रधान गर्‍यो। तर उनको मनमा डर छदै थियो। परिवार पाल्न सकिएला कि नसकिएला भन्ने?

विगतका कुरा बिस्तारै क्रमिक रुपले सुनाउन थालिन् उनी ‘एक दिन काम गर्दै गर्दा बिग मार्टका म्यानेजरले बोलाए मनमा डर लागेको थियो , चिया पसल हटाउन पर्यो भन्छन् होला सोचेर चिन्तित हुँदै गएको थिएँ तर उनले तिमीले काम गरेको राम्रो छ तिमी जे भए पनि काम गर तिमी अघि बढ्छ्यौ।’ त्यसपछि बिमलामा कामप्रति झन माया र विश्वास बढ्दै गयो।

कम समयमै उनको चिया यति लोकप्रिय भयो, ग्राहकहरुले बेलुका पनि पसल राख्न सुझाव दिए। बेलुकी नगरपालिकाको डर झनै बढी हुन्थ्यो। उनले जोखिम मोलेरै बेलुकी पनि पसल राख्न सुरू गरिन्। छोरा काखी च्यापेर चिया पकाइरहेकी हुन्थिन्, नगरपालिकाका कर्मचारी हुर्रर झर्थे र भाँडाकुँडा उठाएर गाडीमा हाल्थे। भुइँमा पसल राखेर कमाएको पैसाले ठेला किनेकी थिइन्। जति छोरालाई माया गर्थिन्, उनलाई ठेलागाडाको माया उत्तिकै लाग्थ्यो। एकपल्ट डिएसपीले ठेलागाडामा लात्ती हानेछन्। बिमलाको पालो गालामा झापड लगाइदिइछन्।

गाढालाई लात्ताले हिर्काएको देख्न सकिनँ मन छियाछिया भयो। आँखामा आँसु रसाउन थाले। अनि खै के भयो रिसको झोकमा म पनि डीएसपीलाई हान्न पुगेछु। अनि चौकीमा लगेर चौबिस घण्टा थुन्यो।

त्यसपछि प्रहरीले २४ घन्टा थुनामा राखिदिएछ। उनलाई त्यसरी फुटपाथमा राख्नु गैर–कानुनी हो भन्ने थाहा थियो। तर, विकल्प थिएन। अनेक उल्झन खपेरै भए पनि काखमा हुर्किँदै गरेको छोराको भविष्य सोचेर सुरु गरेको व्यवसायले राम्रो मुनाफा दिइरहेको थियो।

जुन उनको जीवनकै अविष्मरणीय घटना थियो। पुरा पढ्नुहोस…