कतारमा पनि देखियो कोरोना, सचेत रहन नेपालीहरुलाई दूतावासको अपील (विज्ञप्ति)

दोहा। खाडी मुलुक कतारमा पनि कोरोना भाइरसको सं’क्रमण देखिएको छ। कतारमा एकजना कोरोना भाइरसबाट सं’क्रमित भएको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

बिहीबार इरानबाट उद्धार गरि ल्याईएका यात्रु मध्ये एक ३६ वर्षिया कतारी नागरिकमा कोरोना भाइरसको सं’क्रमण देखिएको कतारको स्वास्थ्य मन्त्रलायले जनाएको छ।

कतारमा ठूलो संख्यामा नेपालीहरु रहेका छन्। चीनको वुहान शहरबाट फैलिएको कोरोनाको चपेटामा हाल खाडी मुलुकहरु पनि आएका छन्। खाडीमा सबैभन्दा धेरै इरान प्रभा’वित भएको छ। जहाँ शनिबार २१० जनाको मृ’त्यु भएको खबर छ।

खाडी मुलुक तथा, दक्षिण कोरियामा कोरोनाले महामारीको रुप लिन थालेपछि त्यहाँ रहेका नेपालीहरुसमेत त्रा’समा छन्। यद्यपी हालसम्म कुनै पनि नेपाली सं’क्रमित नभएको बताइएको छ।

कतारमा कोरोना सं’क्रमित फेला परेपछि दोहास्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई सचेत रहन अनुरोध गरेको छ। दूतावासले एक विज्ञप्ति जारी गर्दै नेपालीहरुलाई सचेत रहन र सम्पर्कमा रहन भनेको हो।