गौतम र खतिवडा दुबैलाई मनोनयन नगर्ने ओलीको तयारी !

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यको लागि उपाध्यक्ष वामदेव गौतम र अर्थमन्त्री युवराज खतिवडा दुबैको नाम सिफारिस नगर्ने तयारी गरेका छन् । गत माघ ९ गते भएको राष्ट्रियसभा निर्वाचनबाट निर्वाचित सदस्यहरूको सपथ आगामी फागुन २१ गतेका लागि तोकिएको छ।

राष्ट्रियसभाका निर्वाचित सदस्यहरूको शपथग्रहण फागुन २१ मै हुने भएपनि राष्ट्रपति बाट मनोनीत हुने सदस्यको सिट तत्कालका लागि खालि राख्ने तयारी प्रधानमन्त्री ओलीको छ । युवराज खतिवडालाई अर्थमन्त्रीमा निरन्तरता दिन भने प्रधानमन्त्री ओलीले खतिवडालाई अर्थमन्त्रीमा निरन्तरता दिन उनलाई मन्त्रीपदको शपथ गराउने तयारी छ ।

मन्त्रीको रूपमा शपथ लिएपछि ६ महिनाका लागि मन्त्री हुने पाउने संवैधानिक प्रावधान छ । सचिवालयले उपाध्यक्ष गौतमलाई सिफारिस गर्ने निर्णय कार्यान्वयन नगराउन ओलीले नयाँ रणनीति बनाएका हुन् । यसले सत्तारूढ नेकपा भित्रको विवाद अझै चर्कने अनुमान गरिएको छ ।