जति लामो श्वास, त्यती धेरै साहस : बिहान ५ मिनेट लामो श्वास लिने छाड्नेको फाईदा यस्तो छ

श्वासप्रश्वास एउटा अनियन्त्रित प्रक्रिया हो । श्वास फेर्न हामीलाई कुनै थप उर्जा खर्च गर्नुपर्दैन । तर, राम्रोसँग श्वासप्रश्वास लिएमा यसले स्वास्थ मात्र बनाउँदैन मानिसलाई दीर्घजीवि पनि बनाउँछ । बिहान ५ मिनेट जति लामो श्वास लिने छाड्ने गर्नुपर्छ । यसरी गरिने श्वासप्रश्वास व्यायायमका केही फाइदा यस प्रकार छन्ः

तनाबमुक्त बनाउछः गहिरो श्वासले शरिरमा अक्सिजनको प्रबाह बढाउछ र तनाब, चिन्ता र त्रास घटाउँछ ।

शरिरको बिष फालिदिन्छः श्वासप्रश्वासबाट मानिसको शरिरबाट ७० प्रतिशत भन्दा बढी खराब तत्व निस्कासन गरिदिन्छ ।

दिमागलाई शान्त बनाइदिन्छः अत्यधिक तनाब र चिन्ताले विभिन्न स्वास्थ्य समस्या उत्पन्न हुन्छ । गहिरो श्वास लिँदा दिमागमा अक्सिजनको आपूर्ती बढाउँछ र चिन्ताको मात्रा घट्नुका साथै शरिरलाई आनन्द र प्रफुल्ल बनाउँछ ।

अन्य अंगलाई पनि सहयोगः गहिरो श्वास प्रश्वासको व्यायामले मुटु, पेट, लिभर, साना आन्दालाई मसाज गरिदिन्छ र ती अंगमा रक्तप्रबाह गरिदिन्छ ।

लामो श्वास लिनुहोस्, स्वास्थ्यलाई यस्तो फाइदा हुनेछ :

हामीहरू तनावमा हुँदा हामीलाई मान्छेले लामो सास लिनुस् भनी सल्लाह दिन्छन् । बेस्सरी रिस उठेका बेलामा यस्तो उपदेश सुन्दा झर्को लागेर आउँछ । तर हालै गरिएको वैज्ञानिक अनुसन्धानले यसरी गहिरो सास लिनु स्वास्थ्यका लागि लाभदायक हुने बताएको छ ।

बेलायतको नर्थवेस्टर्न विश्वविद्यालयले गरेको एक अध्ययन अनुसार नाकबाट लामो सास तान्दा तपाईंको दिमाग बलियो हुन्छ र स्मरणशक्ति बढ्छ ।

तर तपाईं नाकले सास तान्नुहुन्छ कि मुखले भन्ने कुराले यसलाई फरक पार्छ ।

सास फाल्दा भन्दा पनि लिँदा चाहिँ मान्छेले कुनै कुरा राम्ररी सम्झने अनुसन्धानले देखायो । मुखबाट सास लिँदा भने स्मरण नबढ्ने देखियो ।

परीक्षणमा भाग लिएका मान्छेलाई कुनै चित्र देखाएर सास लिन लगाइयो । निकै पछि उनीहरूलाई त्यो चित्रका बारेमा बताउन लगाउँदा उनीहरूले दुरुस्तै बताए ।

विपश्यना ध्यान गर्दा सासमा विचार पु-याइन्छ र त्यसले शरीरलाई धेरै फाइदा दिन्छ । त्यसैगरी दैनिक जीवनमा पनि लामो सास लिनुका धेरै फाइदा देखिनेछन् ।

जति लामो श्वास, त्यती धेरै साहस

मानिसको जीवन नै श्वासमा अडिएको छ।एक छिन श्वास रोक्यो भने पनि असहज हुन थाल्छ । मानिसको शरीर ब्रह्मान्डको एक कण हो । जे जे ब्रहमान्डमा छन हाम्रो शरीर पनि तीनै तत्वले बनेको छ ।यो शरीर सन्चालनको क्रममा शक्तिको क्षय भैरहन्छ । शक्ति पून:प्राप्तीका लागि भोजनको आवश्यकता हुन्छ र भोक को महसुस हुन्छ अनि हामी भोजन ग्रहण गर्दछौ ।

भोजन भन्दा पनि महत्व छ श्वासको । श्वासको माध्यम बाट पनि हामिलाइ चाहिने सवै तत्व हामी प्राप्त गर्न सक्छौ । तर हामी श्वास लिन पनि राम्रो सग जानेका छैनौ । राम्रो सग श्वास लिन मात्र जान्ने हो भने जीवन धेरै आनन्दमय हुने थियो ।

राम्रो सग श्वास लिन नजानेर पनि मानिस डिप्रेशनका जान थालेका छन ।

आजकल मानिस धेरै व्यस्त छन । व्यस्तताको कारण तनाव पनि धेरै छ । जे जे काम गरे पनि मानिस बेहोसमा गरेको छ । मैले के गरिरहेको छु भन्ने सम्म थाहा छैन । के खाएको छु थाहा छैन ।

के गर्न हुने नहुने पनि थाहा छैन ।

यी सवै कुराको जड श्वास हो ।यदि राम्रो सग श्वास लिन जान्ने हो भने जीवन सहज हुन थाल्दछ । श्वासलाइ लामो र गहिरो बनाउने अभ्यास गर्नु पर्दछ ।बिस्तारै बिस्तारै लामो लामो श्वास लिने र छोड्ने गर्नु पर्दछ । लिन मात्र होइन छोड्न पनि जान्नु पर्दछ । छोड्न नजानेर हामिले आफैलाइ आट्ठाएर राखेका छौर आफैले भारी बनाएका छौ ।

त्यसैले कम्तीमा १हप्ता जति लामो र गहिरो श्वास लिने अभ्यास गरौ लामो र गहिरो श्वास को त्यसपछि आफै बानी पर्न थाल्छ लामो र गहिरो श्वास को । छोटो शश्वासप्रश्वास ले मन सन्तुलन हुदैन । मन सन्तुलन नभएपछी आफू कम्जोर भएको महसुस हुन थाल्दछ र अचानक कुनै घटना घट्दा डिप्रेशनमा जान थाल्दछ।

लामो श्वास को अभ्यास हुँदै जादा बिस्तारै बिस्तारै आफू भित्र साहस बढ्दै गएको महसुस हुन थाल्छ ।

लामो श्वास फेर्नुको केहि फाईदा :

हरेक बिहान योग गर्नु स्वास्थ्यको लागी निकै लाभदायक हो । लामो श्वास फेर्दै फाल्नु पनि योगमा नै पर्ने गर्छ । श्वास प्रस्वासमा कुनै पनि समस्या आयो भने हाम्रो पुरा स्वास्थ्यमा नै नकारात्मक असर पर्ने गर्छ । बिहान ताजा र स्वच्छ हावा पाइन्छ । जुन हावा हाम्रो शरीरमा प्रवेस गर्यो भने हाम्रो शरीरमा बेग्लै स्फुर्ति आउने गर्छ । हरेक बिहान ५ मिनेट जती लामो श्वास लिने गरेमा हाम्रो शरीरलाई निकै फाइदा पुग्छ । यसले मानिसलाई दिर्घ आयु दिन पनि निकै मद्धत गर्छ ।

५ मिनेट लामो स्वास लिँदा स्वास्थ्यमा पुग्ने फाइधरु यस्ता छन् :

१. शरीरको बिष फाल्छ : बिहान ताजा हावामा श्वास लिने गरेमा हाम्रो शरिर्मारहेको ७० % बिष बाहिर निस्केर जान्छ । यसले गर्दा हाम्रो शरीरमा समस्याहरु आउन पाउदैन ।

२. तनावमुक्त बनाउँछ : लामो स्वास लिँदा शरीरमा अक्शिजनको मात्रा बढ्छ । जसले गर्दा हामीमा रहेको तनाव , त्रास हटेर जान्छ ।

३. दिमागलाई शान्त बनाइदिन्छः अत्यधिक तनाब र चिन्ताले विभिन्न स्वास्थ्य समस्या उत्पन्न हुन्छ । गहिरो श्वास लिँदा दिमागमा अक्सिजनको आपूर्ती बढाउँछ र चिन्ताको मात्रा घट्नुका साथै शरिरलाई आनन्द र प्रफुल्ल बनाउँछ ।

४. अन्य अंगलाई पनि सहयोगः गहिरो श्वास प्रश्वासको व्यायामले मुटु, पेट, लिभर, साना आन्दालाई मसाज गरिदिन्छ र ती अंगमा रक्तप्रबाह गरिदिन्छ ।

सही तरीकाले सास फेर्नुस् :

हामी खानाको अभावमा हप्तौं जिवित रहन सक्छौं, पानी नपाउदा पनि केहि दिन जिवित रहन संभव होला तर सास फेर्न (अक्सिजन) नपाए ३ मिनेट मै मस्तिष्क तन्तुहरु मर्न थाल्छन र ६–७ मिनेट पुग्दा नपुदै मृत्यु अनिवार्य बन्छ ।

अक्सिजनको उपस्थितिमा मात्र शरीरमा जीवनदायीनी शक्ति (उर्जा) बन्ने भएकैले यसलाई जीवनको पर्याय ठान्दै प्राणवायुको नाम दिइएको छ ।

भनि रहनु पर्दैन, यसको अभावमा शरीरको कुनै अंगले काम गर्न सक्तैनन् मात्र होइन, सवै प्रणाली पूर्णरुपमा निस्कृय र निस्फल बन्दछन् ।

तथापि अक्सिजनको न्युनतामा मात्र क्यान्सर लगायतका सवै रोगहरु जन्मिन्छन् र अक्सिजनको यथेष्ट परिपूर्ती नै धेरै रोगहरुको प्रभावकारी उपचार हो भन्ने जस्तो मूल्यवान बैज्ञानिक तथ्य आमजनतामा अझै स्थापित भइ सकेको छैन ।

त्यसलै इन्टिग्रेटिभ मेडिसिनका प्रसिद्ध हस्ती प्रो. डा. एण्ड्रयु वेलले भन्दछन, यदि मसँग शुस्वास्थ्यको लागि एउटा मात्र टिप मागियो भने मैले भन्ने छु– सही तरीकाले सास फेर्नुहोस् ।

तर दुर्भाग्य, अक्सिजन ग्रहणको मुलबाटो हाम्रो स्वासप्रश्वास नै आज वेहद कुण्ठीत वा कम्प्रोमाइज्ड छ । आरम्भमा वातावरणमा कम्तीमा ३२ % को अक्सिजनको मात्राले सिङ्गो विश्व एक हिसावले अक्सिजन संरक्षित कोठा जस्तो थियो र उच्चतम अक्सिजन दवाव हुनाले रोगलाई निम्त्याउने जीवाणुहरुको विगविगी पनि थिएन । “जीवेतु शरदाम् शतम्(शतायु)’’ अर्थात १०० वर्ष वांच भन्ने लोकोक्ती त्यसै आएको होइन ।

तर १८ औं शताब्दीको उत्तराद्र्धदेखि आएको औद्योगिक क्रान्तिले अक्सिजन दवाव घट्दै आएर अहिले आम रुपमा २०.०८ % र ठुला औद्योगिक नगरीहरुमा यसको मात्रा १७ % मात्र आंकलन भएको छ । औद्योगिकीकरण, जैविक इन्धन खपत र तिव्र वन विनासमा छिटै शसक्त क्रमभंग हुन नसके हामी वातावरणमा १५ % मात्रै अक्सिजन रहन जाने प्रलयको घडीबाट ज्यादा टाढा छैनौं, जव धरतीमा कुनै पनि जीवको अस्तित्व सायद सम्भव रहने छैन ।

श्वास प्रश्वास धर्तीमा पाइला राखेदेखि जीवन पर्यन्त हामीसँग रहेपनि हाम्रो सास फेर्ने ढंग विल्कुल गलत छ र हामीले आफ्नो क्षमताको ३० % मात्र सास फेरिरहेका हुन्छौं । फेरी डायफ्राम उठ्ने गरी वेली (पेट) व्रेदिङ्ग गर्नु सट्टा हामी हल्का शतही र ज्यादा छिटो– छिटो सास लिन्छौं जसलाई चेष्ट (छाती) व्रेदिङ्ग र कसै कसैले साउल्डर (काँध) व्रेदिङ्ग सम्म भन्ने गरेका छन् । यसमा समस्या के छ भने हामीले लिएको सासको २० % अक्सिजनको खण्डबाट स्वस्थ व्यक्तिले पनि बढिसे बढि ५ % मात्र लिई वाकी १५ % हामी फेरी तुरुन्तै वाहिर छोड्छौं ।

पर्याप्त अक्सिजनको लागि प्रणायामका बखत महर्षी पतञ्जलीले योगशुत्रमा सास लिने (पुरक), रोक्ने (कुम्भक) र छाड्ने (रेचक) समय क्रमश ४ः७ः८ सेकेन्ड निर्धारित गरेका छन् र मेडिकल लिटरेचरमा पनि सास लिएपछि घटिमा ३ सेकेन्ड रोक्नुपर्ने कुराको उल्लेख पाइन्छ ।

सन् १९९८, २००६ र २००९ मा भएका ३ वटा अध्ययनबाट जति छिटो सास लियो मृत्यु त्यति नै निकट हुने र व्यक्तिको प्रतिमिनेट सासको बारम्बारता उसको मृत्युको पुर्वानुमान दिने स्वतन्त्र सुचक भएको तथ्य सामुन्ने आएको छ । मुख छोपेर सुत्ने वा पिठ्युको बलमा सुतेर मुखबाट सास फेर्ने कारण विहान मुख सुख्खा छ भने सचेत हुनु आवश्यक छ हामीले जीवनभर राम्रो स्वास्थ्यको आनन्द लिन कठिन होइन असम्भव छ ।

स्वासप्रश्वास सम्बन्धी रोगका विश्व विख्यात विशेषज्ञ प्रो.डा. बुटेइकोले हाम्रो स्वासप्रश्वासको गति प्रति मिनेट ८ पटक र अरु धेरै फिजिसियनहरुले पनि यो दर प्रति मिनेट १२ नाघ्न नहुने बताउदछन् । एउटा स्वस्थ व्यक्तिको स्वासप्रश्वास छेउकै अर्को व्यक्तिले सम्म थाहा नपाउने हुन्छ तर क्यान्सर वा अन्य दीर्घरोगीको सास फेराइ ज्यादा भारी हुन्छ र यसलाई मेडिकल भाषामा हाइपर भेन्टीलेसन भनेर बुझिन्छ ।

क्यान्सर रोगीको सास फेराइ उसको अवस्था अनुसार प्रति मिनेट घटीमा २० देखि ३९ वा ४२ पटक पुग्छ भने अनि कसरी चाहिंदो अक्सिजन अवशोषणको अपेक्षा गर्न सकिएला ?

वास्तवमा विभिन्न अंगहरुवाट कार्वनडाइअक्साइड र अरु असुद्धी बोकेको प्याजी रातो रङ्गको सिराको रगतले फोक्सोमा कार्वनडाइ अक्साइडलाई छोडी त्यहां स्वासप्रश्वासमा उपलब्ध अक्सिजन बोकेर निख्खर रातो रङ्ग धारण गरी मुटुको धमनी हुंदै शरीर भरी अक्सिजन पुर्‍याउंछ ।

रक्त संचालनको चक्र पुरा गरेर उही रगत अक्सिजन लिन फेरी फोक्सोमा आइपुग्न झण्डै १–२ मिनेटको समय लाग्छ र यसैको निरन्तरतामा हाम्रो जीवन अडेको छ । फोक्सोबाट अक्सिजन वोकेको क्षारीय शुद्ध रगत सर्वप्रथम मुटुमा जाने भएकोले पनि मुटुको क्यान्सरको घटना अत्यन्त दुर्लभ भएको हो ।

शरीर प्रणालीलाई समग्रतामा हेर्दा, हामीलाई जीवनी शक्ति (चि) प्राप्त हुने ३ वटा च्यानल मध्ये पहिलो पैत्रिक रुपबाट प्राप्त जन्मजात जीन, दोस्रो अक्सिजन र तेस्रोमा खाना नै हुन् ।

जीन आजन्म अपरिवर्तनिय चरित्रको हुनाले हामी निरुपाय छौं तर अक्सिजन र खाना जस्ता वातावरण र परिस्थितीजन्य तत्वहरुमा धेरै हद सम्म हाम्रो हस्तक्षेप संभव देखिन्छ । माथिको अक्सिजनको परिचर्चा पछि अव एउटै कुरा वाकी रहन्छ– खाना अर्थात फुड फ्याक्टर ।

क्यान्सर उपचारमा हामी के खान्छौं भन्दा पनि हामी के खादैनौं भन्ने कुराको वढ्ता महत्व छ । चिनी या गुलिया वस्तु र क्यान्सर विचको सम्बन्ध धेरै अघि देखि नै बैज्ञानिक रुपले स्थापित भइसकेको हो ।

स्वादमा सवैलाई प्रिय लाग्ने यो गुलियोपनले अत्यन्तै अम्लकारक भई अक्सिजन लिनमा अवरोध गर्ने त छंदै छ खानाबाट क्याल्सियम लिन रोकावट ल्याउने, रोग विरुद्ध लड्ने किलर सेल र ऐन्टीवोडी बन्नमा बाधा हाल्दै प्रतिरक्षालाई दवाउने लगायत उर्जा निर्माणको क्रेब्स चक्रमा हस्तक्षप गर्ने अनि कलेजोबाट विषादी निकाल्ने वि. भिटामिनहरुको शरीरमा खडेरी ल्याइदिने कारणले समेत अत्यन्त हानीकारक मानिन्छ ।

ग्लुकोज क्यान्सरको प्रमुख खुराक भएको कारण समेतले पनि गुलियो वस्तु ज्यादा लिने व्यक्तिहरु क्यान्सरको उच्च जोखिममा रहन्छन् । साधारण स्वस्थ सेलले एक एकाइ ग्लुकोज अणुबाट जति मात्रामा उर्जा उत्पादन गर्छन् त्यतिनै उर्जाको लागि क्यान्सर सेलले १७ देखि २० गुणा वढि ग्लुकोज खर्च गर्दछन् । यसबाट प्रति ग्लुकोज अणुको १७ वा १८ भागको एक भाग मात्र क्षमता क्यान्सर सेलले उपभोग गर्न सक्ने बुझिन्छ ।

यसरी क्यान्सर सेललाई हरपल ठुलो मात्राको ग्लुकोज खाचो पर्ने र ग्लुकोजको अतितिव्र लालसाले गर्दा शरीरको सवै ग्लुकोज ट्युमरमा केन्द्रित हुने यहि सत्यता माथि नै क्यान्सरको निदानमा अत्याधुनिक पेटस्केन प्रविधि विकसित भएको छ जो ज्यादा भरपर्दो पनि छ ।

अव सायद बताइरहन नपर्ला, खानामा चिनी र कार्वोहाइड्रेटलाई कटौती गरी क्यान्सरलाई भोको राख्ने रणनिति यसको उपचार प्रोटोकलको महत्वपूर्ण हिस्सा बन्छ ।

उपचारको निर्णायक महत्वपूर्ण अवधिभर कार्वोहाइड्रेट र गुलियो वस्तु हटाई त्यसको विकल्पमा क्यान्सर विरामीको खानामा कांचो आलस, अलिभ (जैतुन वा अडिर),र नरिवलको तेल जस्ता शुद्ध स्वास्थ्यवद्र्धक चिल्लो पदार्थ समावेश भएको केटोजेनिक खाना (मेनु) अचेल विशेषज्ञहरुले सिफारिस गर्न थालेका छन् ।

यस्तो केटोजेनिक खानाले विरामी सेललाई अझ विरामी वा शक्तिहीन र स्वस्थ सेललाई अझ स्वस्थ पार्दै औषधीले गर्न नसकेको काम फत्ते गर्ने उनीहरुको अनुभव छ । यस्तो खानाको औचित्यसँग अर्को रोचक वैज्ञानिक तथ्य पनि जोडिएको छ ।

हाम्रा सवै स्वस्थ सेलहरुमा ग्लुकोज नपाए साविकको ग्लुकोज वाल्ने मोड बाट तुरुन्तै फ्याट बाल्ने मोडमा परिवर्तन गरी शक्ति प्राप्त गर्ने क्षमता हुंदो रहेछ । स्वस्थ सेलहरुमा करोडौ वर्ष अघि देखि वंशाणुगत अनुकुलनको विकास हुंदै आएकोले यस्तो मेटावोलिक लचकता हुने बताइन्छ ।

तर क्यान्सर सेलहरु जैविक दृष्टिबाट अत्यन्तै नौलो हुने र उनीहरुमा फ्याटसँग आकस्मिक समायोजन गर्नै नसक्ने एउटा गम्भीर वा घातक दोष रहने डा. सेफ्राइड र डा. अग्नोस्टिनो जस्ता प्रसिद्ध चिकित्सकहरु बताउछन् ।

यस अवस्थामा सामान्य सेलले स्वस्थ फ्याटलाई इन्धनको रुपमा लिई जिवित रहने क्षमता प्रदर्शन गर्न थाल्दछन् भने उर्जा अभावमा क्यान्सर सेलहरु समाप्तीतिर धकेलिन्छन् ।

अव प्रसंग लाई थोरै मोडेर चर्चा गरौ – पस्चिमा औषधी पद्धतिको, जसले शरीरलाई अन्तरनिर्भर प्रणालीहरुको प्रणाली नमानी अलग–अलग पार्टपुर्जाको जोडजाड जस्तो ठान्दछ र त्यहि मुताविक लक्षणमा आधारित खुद्रा उपचार गर्दछ , अनि रहन्छ रोग जहांको त्यहिं ।

त्यसैले पनि क्यान्सर उपचारमा हालसम्म २४ लाखको हाराहारीमा शोधपत्र आइसक्दा पनि भरपर्दो उपचार अझै फेला पर्न सकेको छैन ।

हामी देख्दै छौ, ५० वर्ष अघि वा ६० को दशकमा मृत्युदरका जस्ता आंकडा थिए आज पनि स्थिति झण्डै त्यस्तै वा अझ नराम्रो छ । स्टेभन मिलोइ र पिटर ह्युवरले प्रयोगमा ल्याएको पदावली “जङ्क साइन्स” (कुडा–कर्कट विज्ञान) यस्तै निरर्थक सोधको हकमा सटीक लागु हुन्छ ।

भनिन्छ ,हाम्रो गाउंघरमै निशुल्क पाईने वैकल्पिक क्यान्सर उपचार मेडिकल जायन्टहरुले पेटेन्ट गर्न पाउने भए आज ती वस्तु प्रत्येक डक्टरको टेवुलमा हुने थिए र हामी सवैको मनबाट क्यान्सरको सन्त्रास पनि हटिसकेको हुन्थ्यो ।

यो अनुमान मात्र होइन प्रसिद्ध जर्मन फिजिसियन डा. होस्र्ट कैफ जस्ता धेरै नामी चिकित्सकहरुको पिडाजनित सपाट अभिव्यक्ति हो । हुने बाटोको जवर्दस्त निषेध र नहुने बाटोको अन्धाधुन्ध यात्राले इतिहास १०० वर्ष पछि धकेलिएको छ र करोडांै व्यक्तिको जीवन गुमेको छ ।

यहां क्यान्सरको निषेध होइन की निषेध गर्ने बाटो कै पो निषेध भइरहेको छ र औषधीमा अर्थराजनिति हाबी भएसम्म यसमा सुधारको आशा गर्नु व्यर्थ छ । फेरी अस्पताल बाटै सिफारिस नभए सम्म हामी हतपत्त पत्याउने वाला पो कहां छौं र ! यसको भर्पाई अव सम्भव नभए पनि ढिलै सहि सत्य उद्घाटन हुंदै आएको छ ।

रोगहरुको सफल रोकथाम, उपचार र शुस्वास्थ्य निर्धारण गर्नमा एक्लो ५० अंशकै घोडेभाग (लायन्स सेयर) खाद्य अथवा पोषण, त्यसपछिको २०÷२० खण्ड पर्यावरणीय तत्व र आनुवंशिकी हुँदै अन्तमा दशांश मात्रै भूमिका रासायनिक औषधीको हुने कुरा विशेषज्ञहरु बताउछन् ।

तर मेडिकल जगतले अरु सवै पन्छाएर पछिल्लो दशांशको भूमिकामा रहने औषधीलाई नै शतप्रतिशत महत्व दिदै आवश्यक÷अनावश्यक सवै परिस्थितिमा औषधीबाट मात्रै समाधान खोज्ने गरेको र यसैका दुस्परिणामहरु हामीले भोग्दै आएको अहिलेको अवस्था हो ।

स्मरणीय छ , आफ्नो औषधीको साम्राज्यलाई विश्वभर विस्तार गर्ने अभिप्रायले औषधी सिफारिस गर्न पोख्त चिकित्सक तयार गर्ने गरी रकफेलरले १०० वर्ष अघि अमेरिकामा तर्जुमा गरेकै पाठ्यक्रम मेडिकल कलेजहरुमा आज पनि कायम छ र अत्यन्त कुशाग्र र सिर्जनशील हाम्रा चिकित्सकहरुलाई पोषण जस्तो सर्वोपरी महत्वको विषयमा यथेस्ट ज्ञान नदिइ खाना आफैमा सर्वश्रेष्ठ उपचार हुन्छ भन्ने जस्तो सास्वत आधारभुत मान्यताबाट लगभग वेखवर राख्ने चेष्टा हुने गरेको छ ।

त्यसो त पोषण मार्फत स्वास्थ्य लाभको विकल्प औषधी कम्पनी, अस्पताल व्यवस्थापन तथा स्वास्थ्यकर्मी स्वयं र माथि देखि तल सम्मकै सिङ्गो स्वास्थ्य संयन्त्रकै भुमिकामा भारी कटौती ल्याउने माध्यम हुने कुरा पनि एउटा यथार्थ हो । बरु पश्चिमा औषधीले अवैज्ञानिक भन्दै उपेक्षा र हेयभाव राख्ने आयुर्बेदिक ,प्राकृतिक र अन्य धेरै वैकल्पीक उपचार पद्धति यस मामलामा वढि उदार र जनउत्तरदायी देखा पर्दछन् । यही हैन त यथार्थ ?

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।