देश छोडेर जान लागेको भन्ने आरोप लागेपछि नेत्री कोइराला बोलिन्

काठमाडौं। मिडियामा देश छोडेर बेलायत जान लागेको भन्दै आरोप लागेपछि नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले प्रतिकृया दिएकी छन् । उनले देश छाड्ने कल्पना सम्म गर्न नसक्ने भन्दै प्रतिकृया दिएकी छन् ।

‘देश छाड्ने कल्पनाभन्दा बाहिरको विषय हो,’ उनले भनिन् ‘मेरा लागि सबैभन्दा प्रीय नै यो देश हो म कसरी छाड्न सक्छु ? आफुले अप्ठ्यारा परिस्थितिमा पनि देशमै रहेर संघर्ष गरेको बताएकी उनले जिवनको अन्तिम घडि पनि यही देशमा विताउने बताइन् ।

आफूलाई देशले निकै इज्जत र प्रतिष्ठा दिएको उनको भनाई थियो । उनले नेपालीहरुको मायाकै कारण क्यान्सर जस्तो रोगलाई पनि जित्न सकेको भन्दै उनले भनिन्, म उहाँहरुको सेवामा समर्पित भइरहेकी छु ।’ उनले आफु नेपालमा जति आफू विश्वको कुनै कुनामा खुशी हुन नसक्ने बताइन् । मिडियामा नेता कोइराला सबै सम्पत्ती बेचेर बेलायत जाने तयारीमा लागेको भन्ने समाचार बाहिरिएको थियो । उनका छोरी ज्वाई बेलायतमा बस्दै आएका छन् ।

सभापति देउवाको स्पष्टोक्ति: नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री रहेको मन्त्रिपरिषद् वा आफ्नो सङ्लग्नतामा अन्य कुनै पनि निकायबाट नेपाल ट्रष्टको जग्गा लिज सम्बन्धमा कुनै निर्णय नभएको स्पष्ट पारेका छन् ।

उनले आज एक विज्ञप्तिमार्फत आफ्नो सहभागिता बेगर भएको कुनै पनि निर्णयमा आफ्नो नाम जोडेर गरिने या गरिएका प्रचारप्रति गम्भीर असहमति प्रकट गरेका छन् । सभापति देउवाले नेपाल ट्रष्ट सम्पत्ति व्यवस्थापनसम्बन्धी यही फागुन १३ गते सार्वजनिक गरिएको विवरणले भ्रम सिर्जना गरेको भन्दै सोबारे स्पष्ट पारेका छन् ।

“विसं २०६४ मा नेपाल ट्रष्ट ऐन जारी हुँदा ट्रष्टलाई ‘एक अविच्छिन्न उत्तराधिकारवाला स्वशासित र सङ्गठित संस्था’ का रुपमा ऐनले नै परिभाषित गरेको थियो । अतः यसको बोर्डले गर्ने या गरिएका एवं निश्चित कर्मचारी तहबाट हुने या भएका कुनै पनि निर्णयमा प्रधानमन्त्रीका रुपमा मलाई गाँस्नु राजनैतिक र कानूनी दृष्टिले गलत छ”, विज्ञप्तिमा उल्लेख छ ।

यो प्रकरणलाई सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा सार्वजनिक भएको ‘७० करोड’ को अडियो, नेपाल ट्रष्टअन्तर्गतकै गोकर्ण फरेष्ट रिसोर्टको लिज प्रकरणमा भएको गम्भीर अनियमितता एवं अन्य प्रकरणबाट ध्यान मोड्ने प्रयत्नका रुपमा लिएको सभापति देउवाले आरोप लगाएका छन् ।