यस कारण दीपकराजले हेरेनन् धुर्मुसको ‘सेन्टी भाइरस’ !

काठमाडौँ। लोकप्रिय हाँस्य कलाकार तथा निर्माता निर्देशक दिपकराज गिरीले स्वास्थ्य समस्याका कारण सीताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे सुन्तलीको चलचित्र सेन्टी भाइरस हेर्न नपाएको बताएका छन् ।

चलचित्रकर्मी, पत्रकार, समिक्षक लगायतका लागी भन्दै आयोजना गरिएको ‘सेन्टी भाइरस’को बिशेष शोमा उपस्थित भएका तर फिल्म नहेरेको भन्ने विषयमा विभिन्न टिका टिप्पणीकाबिच दीपकले आँफुलाई पिलो आएका कारण बस्न नमिलेपछि निर्माता तथा कलाकार धुर्मुसलाई जानकारी गराएर बाहिरिएको प्रष्टीकरण दिएका हुन् ।

उनले धुर्मुस सुन्तली र उनको समुहलाई बधाई दिन गएको जानकारी दिँदै स्वास्थ्यका कारण बाहिरिएको बताएका छन् ।