अनिष्ट टार्न भीमेश्वर मन्दिरमा राष्ट्रपतिले पठाएको सामग्रीवाट गरियो क्षमापूजा, चार वटा बोकाको ब’ली

दोलखा। दोलखाको भीमेश्वरको शिलामा गत ८ गते बिहीबार बिहान ६ बजे २५ मिनेटदेखि ८ बजेर २५ मिनेटसम्म पसिना आएपछि आज भीमेश्वर मन्दिरमा गृहमन्त्रालय र स्थानिय सरकारले चार वटा कालो बो काको वली पुजा गरी क्षमापूजा गरेका छन् । शिलामा पसिना आयो भने मुलुकमा अनि ष्ट हुनसक्ने धार्मीक विश्वास छ । राष्ट्रप्रमुखले क्षमापुजा गर्ने परिपाटी अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले पुजा सामग्री पठाएकी थिइन् ।

भीमेश्वर मन्दिरको शीलामा पसिना आएपछि राष्ट्रपति कार्यालयबाट कालो बोकाको ब लीसहित क्षमापूजा गर्ने प्रचलन अनुसार क्षमापूजा गरिएको हो । पूजा गरेको प्रसाद बुधबार राष्ट्रपति कार्यालय पुयाइने भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिले बताएको छ ।

भीमेश्वर मन्दिरमा रुद्री पाठ गरी सरकारको तर्फबाट दोलखाका प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माले पूजा गरेका श्रेष्ठले जानकारी दिए । शर्माले भने, ‘राष्ट्रपति भण्डारीले महाप्रसाद ग्रहण गरी पूजाका लागि भेटी समेत पठाउनु भएको छ ।’ पूजा गरेको प्रसाद बुधबार राष्ट्रपति कार्यालय पठाइने भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिले जनाएको छ । पसिना आएपछि पसिना पुछिएको कपास राष्ट्र प्रमुखकोमा पठाउने र राष्ट्र प्रमुखको तर्फबाट क्षमापूजा गर्ने चलन छ ।