७० करोडको कमिशन अडियो आफ्नो नभएको बाँस्कोटाको दाबी

काठमाडौं । ७० करोडको कमिशन डिलको अडियो बाहिर आएपछि भने उक्त अडियो आफ्नो नभएको दाबी गर्दै आएका छन् । त्यतिवेला पनि उनले उक्त अडियो आफ्नो नभएको र ७ वटा जोडेर बनाएको होला भनेर हतारिएको प्रतिक्रिया दिएका थिए । तर, तीन घण्टा नबित्दै उनले आफ्नो पदबाट राजीनामा दिएका थिए ।उक्त प्रकरणलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीसमेतको नाम भ्रष्टाचारमा मुछिएको छ । कतिसम्म प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले त संसदमा प्रधानमन्त्री ओलीले जवाफ दिनुपर्ने माग गरेको छ ।

प्रधानमन्त्रीको विश्वासपात्रले यस्तो कमिशनको डिल गर्दा प्रधानमन्त्रीलाई थाहा भएको कांग्रेसको दाबी छ । यदि थाहा नहुनु भनेको पनि पाप हो भन्दै उसले यो प्रकरणलाई लिएर प्रधानमन्त्रीले जतिसक्दो चाँडो जवाफको माग गरेको छ । खासगमा उक्त अडियो विजयप्रकाश मिश्रले बाहिर ल्याएका हुन् । उनले आफूले उक्त अडियो प्रधानमन्त्रीलाई नदिएको बताएका छन् । पत्रकार ऋषि धमलासँगको टिभी अन्तर्वार्तामा उनले आफूले प्रधानमन्त्री ओलीलाई नभेटेको र अडियो पनि नदिएको दाबी गरेका छन् ।

तर, केही दिनअघिमात्रै उनले दुई महिना अघि नै प्रधानमन्त्रीकहाँ उक्त अडियो पुर्याएको समाचार जोडतोडले छापिएको थियो । यो सँगै प्रधानमन्त्री ओलीपनि यो प्रकरणमा मुछिन पुगेका हुन् । मन्त्रीबाट राजिनामा दिएका बाँस्कोटा भने त्यो अडियो आफ्नो नभएको दाबी गर्दैछन् । स्रोतका अनुसार उनले आफूनिकट नेता तथा कार्यकर्ताहरुसँगको कुराकानीमा उक्त अडियो आफ्नो नभएको र क्यारिकेचेर गरेर बनाईयो दाबी गरेका छन् ।

नेकपाका कतिपय शीर्ष नेताहरुले पनि उनलाई फसाईएको चर्चा गर्न थालेका छन् । यो प्रकरण अख्तियारले छानबिन गर्ने भैसकेको छ । अडियो बाहिर ल्याउने मिश्रलाई पनि पक्राउ गरेर कारबाही गर्न प्रहरी प्रशासनलाई पत्राचार भैसकेको छ ।
प्रधानमन्त्री ओलीसँगको भेटवार्तामापनि उनले उक्त अडियो आफ्नो नभएको दाबी गरेका थिए । बाँस्कोटा अहिलेपनि प्रधानमन्त्री ओलीको भक्तपुर बालकोटस्थित् निजी निवासमा बसिरहेका छन् ।