“गगन थापामाथि भ्रष्टाचारको आरोप छ, छानबिन हुनुपर्छ”

काठमाडौं। अनेरास्ववियुका अध्यक्ष ऐन महरले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री गगन कुमार थापामाथि भ्रष्टाचारको आरोप लागेकोले छानबिन हुनुपर्ने माग गरेका छन् ।

उनले भने,‘अहिलेपनि छानबिन गर्ने हो भने कांग्रेसका धेरै नेताहरुको नाम भ्रष्टाचारमा मुछिएर आईरहेका छन्, गगन थापाकै नाम आईरहेको छ । त्यो विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको भिसी नियुक्ती गर्दाको कुरा आईरहेको छ, रौनियार काण्ड, १४ करोड झवाम्मै पार्यो भन्ने कुरा आईरहेको छ ।

सरकारले गरेका राम्रा कामहरु आफूहरुले खुलेर प्रचार गर्ने र गलत कामहरुको खुलेर विरो ध गर्ने गरेको दाबी गरेका छन् । उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई रचनात्मक प्रतिपक्षी बन्न सुझाव दिएका छन् ।

उनले कांग्रेसका सभापतिलगायत अन्य नेताहरुको विरुद्धमा पनि आरोप लगाए । आईतबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले सरकारका केही अभयवहरुले गलत गरे आफूहरुले भण्डाफोर गर्ने जिकिर गरे । तर, अहिले बलियो सरकार भएकोले विकास र समृद्धिको काम भैरहेको उनको दाबी छ ।