भारत आइपुगे ट्रम्प, मोदीले गरे झ्याप्प अँगालो हालेर स्वागत

एजेन्सी। अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उनकी पत्नी मेलानिया ट्रम्प सोमवार भारत आइपुगेका छन् । अहमदाबाद विमानस्थलमा ओर्लिएपछि ट्रम्पलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले झ्ययाप्प अँगालो हालेर स्वागत गरे । ट्रम्पलाई भेट्न मोदीले प्रोटोकल तोडेका हुन् ।

नमस्ते ट्रम्प कार्यक्रममा सहभागी हुन मोटेरा स्टेडियम बाहिर ठूलो भीड लागेको छ । स्टेडियममा सबा लाख मानिस उपस्थित हुने सम्भावना छ । अहिले विमानस्थलबाट स्टेडियमसम्म रोडशो चलिरहेको छ ।

ट्रम्पको स्वागतका लागि विमानस्थल र स्टेडियम बाहिर मानिसहरूमा उत्साह छ । मानिसहरूको हातमा ट्रम्प र मोदीको पोस्टर र दुवै देशका झण्डा छन् ।

ट्रम्प र मोदीको रोड शोका क्रममा बीचबीचमा २८ वटा मोड छन् । त्यहाँ २८ राज्यका झाँकी प्रदर्शन गरिनेछन् । गुजरातको झाँकीमा विद्यालयका विद्यार्थीले गुजराती वस्त्र लगाएर लोकनृत्य पेश गरिरहेका छन् ।