ग्याल्पो ल्होसारको अवसरमा भोलि सार्वजनिक बिदा (सूचनासहित)

ओखलढुंगा। ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकाले सोमबार सार्वजनिक बिदा दिएको छ । शेर्पा समूदायको महान पर्व ग्याल्पो ल्होसारको अवसरमा गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गाउँपालिकाले आइतबार एक सूचना जारी गर्दै सोमबार परेको शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसारको अवसरमा सर्वजनिक बिदा दिने निर्णय गरिएको उल्लेख छ ।

शेर्पा समुदायको बाक्लो बसोबास रहेको सो गाउँपालिकाले स्थानीय बिदा अन्तर्गत सार्वजनिक बिदा दिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवास पौडेलले बताए । एक नगरपालिका सहित आठ स्थानीय तह रहेको ओखलढुंगामा अन्य स्थानीय तहले भने सार्वजनिक बिदा दिएको छैन ।