प्रहरीको बर्दीमा पे’स्तोल नचाउँदै टिकटक भिडियो पोस्ट, प्रहरी बेखबर

काठमाडौ। पछिल्लो समय विभिन्न प्रविधिको विकाससँगै विश्व नै एक घर भएको छ । संसारको एक कुनामा बसेर पूरै संसार नियाल्न पाइएको छ। त्यो पनि सेकेण्ड सेकेण्डमा ।यही प्रविधिको प्रयोगले कतिपय मानिसको जीवन जोडिएको छ । फुलेको छ । फलेको छ । अहिलेको आधुनिक युगमा मानिसहरूले घरमै बसीबसी संसारलाई पढ्न पाएका छन् । तर, त्यही प्रविधिको दुरुपयोग गर्नाले कतिपय मानिसको त जीवन नै उजाडिएको पनि छ । सम्बन्ध मात्रै बिग्रेको छैन, जिन्दगी नै त’हसन’हस नै भएको छ।

पछिल्लो समय विभिन्न सामाजिक सञ्जालको दुरुपयोगले साइबर अ’परा’धको दर भया’वह रूपमा बढिरहेको प्रहरीको भनाइ छ ।सामाजिक सञ्जाल फेसबुक, ट्विटर, भाइबर, ह्वाट्सअपको सदुपयोग भन्दा दु’रुपयोग बढेको महानगरीय अपराध महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सहकुल थापाको भनाइ छ।

नेपालमा सबैभन्दा बढी फेसबुकको दुरुयोग हुने गरेको पाइएको एसएसपी थापाले बताए ।यसरी नै छोटो समयमा चर्चामा आउने उद्देश्यले अहिले टिकटकको समेत दुरुपयोग हुने गरेको पाइएको छ । टिकटकमा विभिन्न खालका भिडियो बनाएर सार्वजनिक गर्न सकिन्छ ।तर, जनताको सुरक्षाका लागि खटिने प्रहरीले त्यसको संवेदनशिलतालाई नै नबुझी प्रहरीको पोसाकमै प्रहरी कार्यालयभित्रै टिकटक बनाएर सार्वजनिक गरेका छन् । दिलु मगर ९१ अकाउन्टबाट सार्वजनिक भएको उक्त टिकटकमा दुईवटा भिडियो छन्।

एउटा भिडियोमा प्रहरी नायव निरीक्षक (सई) को पोसाक लगाएकी महिला सईले पेस्तोल नचाउँदै गरेकोे भिडियो छ ।त्यसरी नै अर्को भिडियोमा पुरुष सईको अँगालोमा एक महिला देखिन्छिन् । सईको नेमप्लेटमा आरबी थापा लेखिएकाे छ । अर्को कुरा, उक्त भिडियो कुनै प्रहरी कार्यालयभित्र नै बनाइएको देखिन्छ ।भिडियोको पछाडि झ्यालमा राखिएको पर्दा प्रहरी कार्यालयमा राखिने गरेको गाढा नीलो रङको छ । प्रहरी कार्यालयभित्र कुनै पनि व्यक्तिगत मनोरञ्जनको गतिविधि गर्नुलाई संगठनभित्रको अनुशासनहीनता मानिन्छ।

यसबारेमा एसएसपी थापालाई प्रश्न गर्दा उनले भिडियो हेरेपछि मात्र बोल्न मिल्ने बताए । उनले भने, ‘प्रहरी कार्यालयभित्रै व्यक्तिगत मनोरञ्जनको गतिविधि गर्न पाइँदैन । यदि त्यसो गरेको पाइएमा अनुशासनको कारबाही हुन्छ।’

यी दुइ भिडियो हेर्नुहोस: