राजधानीमा पर्‍यो ठूलो असिना पानी (भिडियो सहित)

काठमाडौं, जेठ १५ राजधानीमा आइतबार दिउँसो राजधानी काठमाडौंमा ठूलो पानी परेको छ। बिहान घाम लागेको भएपनि अपरान्ह चार बजेपछि पानी पर्ने थालेको हो।

सामान्यत: जेठ वैशाखमा हावाहुरीसहित साँझपख हल्का वर्षा हुने भए पनि बुधबार दिउँसो बर्खामा जस्तै पानी परेको छ। पानीसँगै केहीबेर असिना पनि परेको छ।

मौसम पूर्वानुमान महाशाखामा मौसमविद् मीनकुमार अर्यालका अनुसार राजधानीको दक्षिणी क्षेत्रमा बढी पानी परेको छ। पश्चिमतिर पोखरा र पूर्वी पहाडमा पनि वर्षा भएको उनले जानकारी दिए।

‘स्थानीय प्रणालीका कारण पानी परेको हो। आधा-एक घन्टामै बादल हट्छ,’ अर्यालले भने ।