राजिनामा दिएका निवर्तमान मन्त्री बाँस्कोटा अख्तियारको फ’न्दामा !

काठमाडौं। कमिशनका लागि सेटिङ मिलाएको अडियो सार्वजनिक भएपछि राजिनामा दिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई कारवाही हुने भएको छ । अडियो नै सार्वजनिक भएपछि प्रमाणका लागि अख्तियार दुरुपयोग अनुसन्धान अयोगले मुद्दा चलाउन सक्ने पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले बताएका छन् । उनले कमिशन मागेको अडियो सार्वजनिक भएपछि छानबिन अघि बढाउन अख्तियारले उजुरी कुर्नु नपर्ने उनको भनाई छ ।

कमिशन डिलको अडियो सार्वजनिक भइसकेपछि बास्कोटाले राजिनामा दिएर अनुसन्धानलाई सघाउन पर्ने उनको तर्क छ । सार्वजनिक ओहदामा हरेकाहरुका विषयमा अनुसन्धान निकायले तत्काल छानबिन अघि बढाउनुपर्ने बताएका छन् । नत्र प्रमाण लोप हुने खतरा रहने भएकाले तत्काल छानविन थाल्नुपर्ने बताए ।

सार्वजनिक रुपमा आएका विषयलाई नै आधार मानेर अख्तियारले छानबिन अघि बढाउनु पर्ने उनले बताए । तर सार्वजनिक भएको अडियोको प्रमाणीकरण गर्नुपर्ने उनको भनाई छ । पूर्व प्रमुख आयुक्त उपाध्यायले कमिशनको डिल गर्ने एजेन्ट विजय मिश्रलाई पनि मतियारका रुपमा छानबिनमा ल्याउनुपर्ने बताएका छन् ।

सेक्युरिटी प्रेस खरिद प्रकरणमा सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कमशिन मागेको अडियो सार्वजनिक भएको थियो । उनले ७० करोडको कमिशनमा सेटिगं मिलाएको अडियो बिहीबार नै सार्वजनिक भएको हो।