कार्यदलले भन्दैमा एमसीसी रोकिँदैन : परराट्रमन्त्री

काठमाडौं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी सहयोग नियोग एमसीसी र नेपाल सरकारबीचएको अनुदान सम्बन्धि सम्झौता संसदबाट अनुमोदन हुने बताएका छन्। उनले सरकारले सो सम्झौता अनुमोदन गराउन कटिबद्ध रहेको भन्दै सत्तारुढ दल नेकपाले बनाएको कार्यदलले अध्ययनमात्र गर्ने बताए।

बंगलादेशको भ्रमण सकेर काठमाडौं फर्किएका मन्त्री ज्ञवालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेकपाले बनाएको कार्यादलको म्याण्डेट अध्ययन प्रतिवेदन दिनेमात्र रहेको बताए। नेकपाले पूर्व प्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा स्थायी कमिटी सदस्य भीम रावल र मन्त्री ज्ञवाली रहेको अध्ययन कार्यदल बनाएको थियो। नेकपाको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा एमसीसी अनुमोदन गर्न नहुने आवाज उठेपछि अध्ययन कार्यदल बनेको थियो्। मन्त्री ज्ञवालीले बिहीबार कार्यदलको बैठक बस्नेसमेत जानकारी दिए।

उनले भने पत्रकारहरुसँग भने, ‘पार्टीको बैठकमा समूहगत छलफलमा कतिपय साथीहरुले यो विषय बुझ्नुपर्ने भयो, अन्यौल छौं भनेपछि यसबारे अध्ययन गर्ने भनेर कार्यदल बनाइएको हो। हाम्रो म्याण्डेट पनि त्यतिनै हो। दोस्रोपटक म्याद थप भएको अवधिभित्रै चाँडैनै हाम्रो प्रतिवेदन बुझाउछौं।’बंगलादेश भ्रमणका विषयमा जानकारी दिँदै मन्त्री ज्ञवालीले नेपाल र बंगलादेशबीच ब्यापार, पर्यटन, कनेक्टिभिटीलगायतका विषयमा महत्वपूर्ण छलफल भएको बताए। बंगलादेशका विदेशमन्त्री डा एके अब्दुल मोमेनको निमन्त्रणमा उनी त्यता गएका थिए।

द्विपक्षीय वार्ताका क्रममा जलविद्युत लायत उर्जाका स्रोतहरुको विकास तथा व्यापार गर्ने विषयमा सहमति भएकोछ।