सयौँ माओवादी मा’रिएका भैरवनाथ गण र चिसापानी ब्यारेकमाथि छानबिन

काठमाडौं। वे’पत्ता पारिएका व्यक्तिको छानबिन आयोगले यु’द्धकालमा भएका गम्भीर मानव अधिकारका घट’नामाथि छा’नबि’न शुरु गरेको छ । मंगलबार पत्रकारसँग कुराकानीमा आयोगका अध्यक्ष युवराज सुवेदीले यु’द्धकालमा भएका गम्भीर मानवअधिकारका घ’टनाहरुमाथि छानबिन थालेको जानकारी दिएका हुन् । अध्यक्ष सुवेदीले यु’द्धकालमा ब’न्दीहरु बेपत्ता गरेको आरोपमा बदनाम नेपाली सेनाका दुई व्यारेकमाथि छानबिन हुने पनि बताएका छन्। उनले काठमाडौंस्थित नेपाली सेनाको भैरवनाथ गण र बाँकेको चिसापानी ब्यारेक (तत्कालीन भीमकाली गुल्म) मा भएका मानवअधिकार उलंघनका घट’नाको पनि छानबिन गरिने जानकारी पत्रकारहरुलाई दिएका हुन्।

नेपाली सेनाको तत्कालीन भैरवनाथगणमा माओवादी कार्यकर्ता र माओवादी समर्थकहरुलाई ब’न्दी बनाएर चरम या’तना दिएको आ’रोप छ। यो ब्यारेकमा थुनिएकामध्ये ४९ जनालाई शिवपुरीमा लगेर गो’ली हा’नी मा’रिएको आ’रोप सेनामाथि लागेको छ। भैरवनाथ गणमा भन्दा धेरै संख्यामा बन्दीहरु बे’पत्ता र ह’त्या गरेको आ’रोप बाँकेको चिसापानी ब्यारेकमाथि पनि लागेको छ। चिसापानी व्यारेकबाट आफ्ना आफन्त बे’पत्ता र ह’त्या गरिएको भन्दै बर्दियासहितका २७५ जनाले उजुरी दिएका थिए।

त्यसैगरी रुकुमको खारा घ’टनाको पनि छानबिन गरिने जानकारी सुवेदीले दिएका छन्। युद्धकालमा सबैभन्दा प्रभावित रुकुमको खारामा २०५६ साल फागुन १० गते तत्कालीन शाही नेपाली सेनाबाट १५ स्थानीयबासी मारिएका थिए। माओवादी समर्थित केही गाउँलेसहित १५ जना खाराबासीलाई तत्कालिन शाही नेपाली सेनाले माओवादीका ल’डाकु भन्दै ह’त्या गरेको आ’रोप छ। त्यसबेला सेनामाथि ८० भन्दा बढी घरहरुमा लागो लगाएर गाउँ नै स’खाप पारेको अर्को आ’रोप पनि छ।

आयोगका अध्यक्ष युवराज सुवेदी सम्पत्ति हस्तान्तरण, अंशबण्डालगायतका समस्या आएका छन् भने आयोगमा सम्पर्क गरेर समाधान गर्न सकिने उनले बताए।ठूला माछालाई छोड्ने र सानालाई समात्ने भन्ने आ’शंका नगर्न आयोगले आग्रह समेत गरेको छ । त्यस्तै आयोगका अध्यक्ष सुवेदीले वे’पत्ता भएको भनि उजुरी परेका केही व्यक्तिहरू सम्पर्कमा आएको र सम्पर्कमा आएका व्यक्तिहरुको नाम केही दिनमा नै सार्वजनिक गरिने बताए। उनले पीडितको सहमतिमा क्षमादान दिन सक्ने गरी कानुनी व्यवस्था गर्न सरकारलाई १४ बुँदे सुझाव दिइएको बताए।