सेना भित्रको भ्रष्टाचार छानबिन गर्ने भन्दा मुख्यालयमा हलचल

काठमाडौ । नेपाली सेनाभित्र भैरहेको भ्रष्टाचारका समाचारहरु आईरहंदा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले छानबीन गर्न सहयोग गर्ने भनेका छन् जसले गर्दा सैनिक मुख्यालयमा हलचल भएको खबर बाहिरिएको छ ।

नेपाली सेनाभित्र अनियमितताको विषयदेखि सेना भित्रको भ्रष्टाचारको विषय बाहिरिएपछि रक्षामन्त्रिले एक कार्यक्रमलाई सम्बोधन गर्दै भने, “वर्तमान सरकार भ्रष्टाचार नियन्त्रणका लागि अघि बढेको हुँदा सेना भित्रको अनियमता र भ्रष्टाचारको छानबिनमा रक्षा मन्त्रालयको तर्फबाट चाहिने सहयोग पुर्याउने छु ।” सेना भित्रको बेथिति माथि पनि छानबिन हुन जरुरी रहेको समेत मन्त्रि पोखरेलले बताएका छन् ।

पृतनापति समन्वयात्मक बैठक २०७६ को शुभारम्भ कार्यक्रममा रक्षामन्त्रीले बोल्दै गर्दा सैनिक मुख्यालयमा हलचल सुरु भएको बताईएको छ । नेपाली सेनाभित्र शैक्षिक प्रमाणपत्रदेखि नागरिकताको मिति समेत सच्याएर जागिर खाने प्रवृत्तिको समाचारलाइ आधार मान्दै मन्त्रि पोखरेलले यस्ता अनियमितताका माथि अब छानबिन अगाडी बढाउने उल्लेख गरेका छन् । मन्त्रि पोखरेलको उक्त भनाईपछि सैनिक अधिकारीहरु बीच अहिले हलचल बढेको छ ।

नेपाली सेनाभित्र भएको भ्रष्टाचार देखि पूर्व प्रधान सेनापतिको अकुत सम्पति आर्जनको छानबिन बारे समाचार अहिले चर्चाको विषय बनिरहेको बेला रक्षामन्त्रीको यस प्रकारको भनाईले नेपाली सेना अधिकारीहरु बीच तरंग पैदा गरेको बुझिएको श्रोतको भनाई छ ।