महराले सफाइ पाएपछि रोशनीले ‘अदालतलाई धन्यवाद’ दिंदै खोलिन भित्री कुरा

काठमाडौं। संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि क’रणी प्रयास गरेको अभियोगमा जेल जीवन विताइरहेका पूर्व सभामुख कृष्ण बहादुर महरालाई जिल्ला अदालत काठमाडौंले निर्दोष ठहर गरेको छ ।

महरा प्र’क’रणमा पीडित भनिएकी रोशनीले नै जिल्ला अदालत काठमाडौंको फैसलालाई ‘धन्यवाद’ दिएकी छिन् । उनले महरालाई सफाई दिने अदालतको फैसलाले ‘न्याय जीवित रहेको’ सन्देश दिएको समेत बताइन् ।

‘अदालतले जे गरेको छ निकै राम्रो गर्यो । यो देशमा न्यायलय जीवित रहेछ भन्ने सन्देश दिएको छ । न्यायलय प्रति हाम्रो विश्वास बढेको छ,’ रोशनीले भनिन्,‘यहाँ घटनालाई राजनीतिकरण गरियो । यो सबैले बुझेकै कुरा हो । यो मैले भनिरहन पर्दैन ।’

उनले महरालाई पतन गराउने हिसाबले षड’यन्त्र भएको समेत खुलाशा गरिन् । उहाँलाई पतन गराउने षडयन्त्र थियो । जतिसुकै षड्य’न्त्र गरेपनि सत्य र न्यायको जीत हुन्छ भन्ने अदालतको आदेशको सन्देश हो,’ रोशनीले भनिन्,‘आम सञ्चार माध्यमले पनि कति धेरै उचालेको थियो । यतिसम्म गरियो की गर्नुसम्म हर्कत गरियो । सुन्न बाँकी र भन्न बाँकी केही पनि छैन ।’

महरामाथि लागेको दा’गको विषयमा प्रश्न गर्दा उनी दा’ग नै नलागेको बताउँछिन् । उहाँमाथि दा’ग लागेको होइन । अर्काले थोपरदिएको दा’ग हुन्। उहाँ आफैले लगाउनु भएको होइन । अर्काले थोपरिदिएको दा’गलाई दा’ग भनिँदैन । त्यो मेटाउन सकिन्छ । आफैले मेटाउन पर्छ । हाम्रो सेटो कपडामा लागेको दाग आफैले धोई पखाली मेटाउने हो,’ उनले भनिन्,‘म अदालत गएको थिइन । तर, सम्मानित अदालतले गरिमा राख्यो । धन्यवाद दिन चाहान्छु । आगामी दिनमा निष्पक्ष न्याय निसाफ गरोस् भन्ने मेरो कामना छ ।’

सोमबार जिल्ला अदालत काठमाडौंका मुख्य न्यायधीश अम्बर राज पौडेलको इजलाशले महरालाई निर्दोष रहेको भन्दै सफाई दिने फैसला गरेको हो । सफाई पाएका महरा आजै कारागार मुक्त हुने जनाइएको छ ।