‘कारागारमा रहेका ५० प्रतिशत कैदी निर्दोष छन्’

काठमाडौं। पूर्वसभामुख कृष्णबहादुर महराले डिल्ली बजार कारागारमा थुनिएका ५० प्रतिशत कै’दी निर्दोष रहेको बताएका छन् । जबर्ज’स्ती क’रणी मु’द्दामा सफाइ पाएका महराले कैदीहरूसँग बिदाइ भेट गर्दै यस्तो बताएका हुन्।

उनले निर्दोष भए पनि जे’ल जीवन बिताइरहेका कै’दीलाई छुटाउन पहल गर्ने आश्वासन पनि दिए । ‘मैले यहाँ (डिल्लीबजार कारागार) बसुन्जेल थाहा पाएँ, ५० प्रतिशतभन्दा बढी कै’दी निर्दोष छन् । म बाहिर गएर तपाईंहरूको रिहाइका लागि पहल गर्नेछु,’ महराले भने ।

अहिले डिल्लीबजार कारागारभित्र महरालाई बिदाइ गर्ने कार्यक्रम भइरहेको छ । पूर्वआईजीपी रमेशचन्द ठकुरी र सशस्त्र प्रहरीका पूर्वडीआइजी रञ्जन कोइरालाले खादा लगाएर महरालाई बिदाइ गरे ।

महरा डिल्ली बजार कारागारको ‘क’ ब्लकमा बस्दै आएका थिए । अहिले डिल्लीबजार कारागारअगाडि नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता तथा महराका शुभचिन्तकको भीड लागेको छ । अहिले उनीहरू महरालाई स्वागत गर्न बाहिर भेला भएर बसेका छन् ।