अदालतबाट सफाइ पाउनु अगाडी यस्तो थियो महराको बयान

काठमाडौं । संसद सचिवालयमा कार्यरत कर्मचारीलाई ब लात्का र प्रयास गरेको आ’रोपमा पक्रा’उ परेका पूर्वसभामुख कृष्णबहादुर महराले आफू उक्त दिन तीनकुने नगएको बयान दिएका छन् ।

जिल्ला अदालत काठमाडौंले उनलाई सोमबार सफाइ दिएको हो। अदालतको फैसलामा निवेदक कर्मचारी र महराले दिएको बयान एउटै भएकाले निर्दोष ठहर गरिएको उल्लेख गरिएको बताइएको छ ।

जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले महराको इन्कारी बयान र निवेदकको बयान पनि मिल्न आएको कुरालाई पनि फैसलामा उल्लेख गरिएको बताए ।

“म त्यो दिन तीनकुनेस्थित कोठामा जाँदै गएको थिइनँ, र निवेकलाई पनि कु’टपि’ट गरेको होइन भन्ने महराको बयान छ,” अदालत स्रोतले भन्यो,“निवेदकको बयान पनि महरा कोठामा नआएको र कु’टपि’ट नगरेको भन्नेनै रहेको छ ।”

चश्माको खोल र जुत्ता पनि महराकै हो भन्ने पुष्टि नभएको फैसलामा उल्लेख गरिएको स्रोतले जानकारी दियो ।