कालापानी पुगेका रक्षामन्त्री सवार हेलिकप्टर एकाएक आकाशबाटै किन फर्कियो ?

काठमाडौं। कालापानी सीमा क्षेत्रको अवलोकन गर्न सोमबार बिहान गएको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल सवार हेलिकप्टरमा आकाशबाटै फिर्ता भएको छ। बाक्लो हिउँका कारण रक्षामन्त्री पोखरेल सवार हेलिकप्टर ल्यान्ड नगरी हवाई निरीक्षणमात्रै गरेर फर्किएको छ ।

सुदूर पश्चिमकी उपसभामुख निर्मला बडाल जोशी, प्रतिनिधी सभा सदस्य गणेशसिंह ठगुन्ना, नेपाली सेनाका अधिकृत र रक्षामन्त्रालयका अधिकारीहरु उक्त भ्रमणमा सहभागी थिए।

‘थाङरुमा सशस्त्र प्रहरी सीमा सुरक्षा पोस्ट राख्ने ठाउँ हेर्न गएका थियौं। सोही अवसरमा सीमा क्षेत्र अवलोकन गर्ने कार्यक्रमलाई मौसमले साथ दिएन।’ उक्त टोलीमा रहेका एक सदस्यले भने। उक्त क्षेत्रमा हालै नेपालको भूमिमा भारतले सडक खनेको थियो। कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई भारतले आफ्नो नक्सामा समेटेको थियो। रक्षामन्त्री आइतबार दार्चुला गएका थिए।