एमसिसीबारे जथाभावी नबोल्न नेकपा शीर्ष नेतालाई भीम रावलको चे’तावनी

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)द्वारा मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को विषयमा अध्ययन गर्न गठित कार्यदलका सदस्य भीम रावलले एमसिसीको विषयमा जथाभाबी नबोल्न शीर्ष नेताहरुलाई चे’तावनी दिएका छन् ।

नेकपाको दोस्रो पूर्ण केन्द्रीय समिति बैठकले गम्भीर विषयमा छलफल गर्ने अधिकार समितिलाई दिएको उल्लेख गर्दै नेकपा स्थायी कमिटी सदस्य समेत रहेको रावलले केन्द्रीय समिटीको कार्यादेश विपरीत कुनै पनि व्यक्तिले अन्यथा कुरा ग¥यो भने त्यो औचित्यहीन हुने दाबी गरे ।

केन्द्रीय समितिले दिएको अधिकारअनुसार आफूहरुले एमसिसी सम्झौता र योसँग जोडिएका विषयमा छलफल भइरहेको भन्दै एमसिसीका सम्बन्धमा निर्णय सुनाउने अधिकार केन्द्रीय कमिटीले कसैलाई नदिएको उनले बताए ।

रावलले भने, ‘नेकपाको पूर्ण बैठकबाट कार्यदल गठन हुने निर्णय बमोजिम गम्भीर विषयमा छलफल गर्ने कार्यादेश प्राप्त भएको छ । कार्यादेशलाई कुनै पनि व्यक्तिले अन्य अर्थ लगाएर कुरा ग¥यो भने त्यो औचित्यहीन हुन्छ ।’

कार्यदलले समेत छलफलको समयमा सार्वजनिक अभिवयक्ति नदिने विषयमा आचारसंहिता बनाएको उनले बताए । कार्यदलले सुझाव र निष्कर्षसहित प्रतिवेदन बुझाउने भएकाले केन्द्रीय समितिको कार्यादेश विपरीत अभिव्यक्ति दिनु भनेको केन्द्रीय कार्यसमितिको अपमान गरेको ठहरिने उनको तर्क छ ।