धुर्मुस र मेयर दाहालविरुद्ध अख्तियारमा उ’जुरी

काठमाडौं। रामपुर कृषि क्याम्पसको जग्गा अनधिकृत रूपमा भरतपुर महानगरपालिकाले धुर्मुस सुन्तली फाउन्डेशनलाई अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उ जुरी परेको दाबी गरिएको छ ।

महानगरपालिकाकी मेयर रेणु दाहाल र फाउन्डेशनका अध्यक्ष कलाकार सीताराम कट्टेलले यसरी अनधिकृत रूपमा विश्वविद्यालयको जग्गाको दुरुपयोग गरिएको भन्दै अभियन्ता बताउने तारा बरालले अख्तियारमा उ जुरी हालेको दाबी गरेकी हुन् ।

‘देशको सम्पत्तिलाई अनधिकृत रुपमा रंगशालाका नाममा जग्गा हस्तान्तरण गर्ने काम भयो अख्तियारमा उ जुरी परेको छ’, बरालले भनिन्, ‘पशु अनुसन्धानशाला नाश गरेर रंगशाला बनाउने कुरा हुँदैन ।’

अख्तियारले छानबिन नगरे सर्वोच्च अदालतसम्म पुग्ने उनले दाबी गरेकी छन् । उनले फाउन्डेशनका अध्यक्ष कट्टेल पूर्वएमालेको कार्यकर्ता भएको, नाम कमाउनका लागि पशु अनुसन्धानशाला नष्ट गरी चर्चा कमाउन खोजेको बरालले आ रोप लगाएकी छन् ।