कोरोना भाइरसको आशंकामा बुहान विमानस्थलले रोक्यो ६ नेपाली

काठमाडौँ । चीनको बुहानमा रहेका ६ नेपाली नेपाल फर्किन नपाउने सम्भावना बढेको छ । उहान विमानस्थलमा चेकजाँचको क्रममा ६ जनाको स्वास्थ्य प्रतिकूल देखिएपछि विमानस्थलले नेपाल फर्कन उनीहरुलाई रोक लगाएको बताइएको छ ।

नेपालबाट बुहान पुगेको नेपाल एयरलाइन्सको विमानमा नेपालीहरु चढिसक्दा उनीहरुले विमान चढ्ने अनुमति पाएका छैन ।

बेइजिङस्थित नेपाली दूतावासले ४ जना नेपाली स्वदेश फर्किन नचाहेको र ६ जना नेपालीलाई भने चेकजाँचका क्रममा स्वास्थ्यमा समस्या देखिएपछि विमान चढ्नबाट रोकेका जनाएको छ । ६ जनामा कोरोनाको आशंका देखिएकाले उनीहरुलाई रोकेको बताइएको छ ।

अहिले १७५ जना नेपाली विमान चढिसकेको समाचार छ । नेपालीहरु लिएर नेपाल एयरलाइन्सको विमान आइतबार बिहान २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ ।