बोलेरोको ठ’क्‍क’रबाट डिउटीमा रहेका असइको मृ’त्यु

काभ्रे । भक्तपुरबाट बनेपातर्फ आउँदै गरेको बा १९ च १३२३ नम्बरको बोलेरोको ठक्‍करबाट प्रहरी चौकी साँगाका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असइ) तेजबहादुर गुरुङको मृ’त्यु भएको छ । उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा शुक्रबार दिउँसो मृ’त्यु भएको हो । डिउटीमै रहेका असइ गुरुङ बाटो काट्ने क्रममा बोलेरोले ठ’क्‍’कर दिएको प्रहरीले जनाएको छ ।

गुरुङलाई बोलेरो जीपले प्रहरी चौकी अगाडि ठ’क्‍कर दिएको इलाका प्रहरी कार्यालय बनेपामा प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । तिमिल्सिनाका अनुसार ठक्‍कर दिने बोलोरो गाडीका चालक भक्तपुर नपा १० का बिक्रम नाकी बन्जारलाई प्रहरीले नि’यन्त्र’णमा लिएको छ।

प्रारम्भिक अनुसन्धानबाट ती’व्र गतिमा रहेको बोलोरोले निय’न्त्रण गुमा’उँदा दुर्घ’टना भएको हुनसक्ने जिल्ला ट्राफिक कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए । शव पो’ष्टमा’र्टमका लागि टिचिङ अस्पताल लगेको प्रहरीले जनाएको छ।