अमेरिकन आइडलमा नेपालका दिवेश पोखरेल

काठमाडौं। अमेरिकाको चर्चित रियालिटी शो ‘अमेरिकन आइडल २०२०’ मा नेपालका दिवेश पोखरेल पुगेका छन् । ‘अमेरिकन आइडल २०२०’ मा आफ्नो प्रस्तुति दिएका नेपालका गायक दिवेश पोखरेल शीर्ष २० मा पुग्न सफल भएका छन् ।

गायक पोखरेल हालै भएको अमेरिकन आइडलको १८औं सिजनको शीर्ष २० मा पुगेका हुन् । उनको प्रस्तुतिले अमेरिकन आइडलका निर्णायक लुक ब्रायन निकै खुशी भएका छन् । उनले खुशी हुदै अमेरिकन आइडलकै ठुलो स्टार भएको बताएका छन् । अमेरिकन आइडलको १८औं सिजनमा निर्णायकमा ब्रायन, केटी पेरी, लाइनल रिची छन्।