प्रजिता सुवेदी बनिन् नेपाल टपर

हेटौंडा। हेटौंडा उपमहानगरपालिका–२ निवासी प्रजिता सुवेदी बीबीएम चौथो सेमेस्टर परीक्षा नेपाल प्रथम भएकी छिन्।

मकवानपुर बहुमुखी क्याम्पसमा अध्ययनरत प्रजिताले परीक्षामा ३ दशमलव ९३ एसजीपीए प्राप्त गर्दै नेपाल टपर बनेको बीबीएम/बीबीए कार्यक्रमका निर्देशक मधुकुमार सिंहले जानकारी दिए।

प्रजितासँगै मनिषा लुईटेलले ३ दशमलव ८३, एन्जिला खड्काले ३ दशमलव ७३ र सर्वेश आचार्यले ३ दशमलव ६९ जीपीए प्राप्त गरेकोका छन्।