कोरोनाको कारण ‘मिस्टर बीन’ अलपत्र

एजेन्सी। चर्चित अभिनेता मिस्टर बीन अर्थात् निगेल डिक्सन चीनको कोरोना प्रभावित क्षेत्र बुहानमा अलपत्र परेका छन् । घुम्नको लागि जनवरी २ मा बुहान पुगेका बीन अलपत्र अवस्थामा पुगेका हुन् ।

५३ वर्षीया डिक्सनले सामाजिक सञ्जालमार्फत आफ्नो अवस्थाबारे जानकारी गराएका छन् । तर उनले आफुँ ब्रिटेन भने फर्किन नचाहेको बताएका छन् । उनले आफ्नो कारण बेलायतमा कोरोना फैलन सक्ने भन्दै तत्कालै नफर्किने इच्छा देखाएका छन् ।

कोरोना भाइरसको कारण मंगलबार मात्रै चीनमा १०६ जनाको मृत्यु भएसँगै मृतकको संख्या १०१६ पुगेको छ । चीनमा ४२ हजार ६ सय मानिस कोरोना संक्रमित छन् ।

यसबीच संक्रमण फैलन नदिन चीन सरकारले अति प्रभावित क्षेत्र बुहान लगायतका शहरमा प्रतिबन्ध लगाएको छ । त्यहाँ मानिसहरुलाई घर बाहिर निस्कन र हिँड डुल गर्न पनि प्रतिबन्ध छ।