रविलाई साथ दिन ‘द लिडर’ले पायो नयाँ थप दुई जना निर्णायक

काठमाडौं। केहि समय अघि संसारकै पहिलो र फरक किसिमको भनिएको रियालिटी शो ‘द लिडर’ले नयाँ थप दुई जना निर्णायक पाएको छ।

पत्रकार रबि लामिछानेले संचालन गर्ने सो कार्यक्रमको लागी थप दुई निर्णायकमा पूर्वप्रहरी अधिकृत रमेश खरेल र राष्ट्रिय मानब अधिकार आयोगकी सदस्य मोहना अन्सारी बन्न लागेको सूचना सुनौलो प्राप्त गरेको छ।

उक्त शो हाक्ने ५ जना निर्णायकहरु मध्य ३ जना निर्णायकहरु पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पुर्व पत्रकार तथा नेता रविन्द्र मिश्र, पुर्व प्रधानन्यायाधिस शुशिला कार्कीको नाम भने दुई महिना अगाडी नै सार्वजनिक गरीएको थियो।

दुई जना निर्णायकहरु भने पब्लिक च्यवाइसका आधारमा ल्याउने भनिएको थियो। तीन जना निर्णायक पाएको ‘द लिडर’ले झन्डै दुई महिनापछि आज उक्त टिमले पूर्णता पाउदै छ। प्राप्त जानकारी अनुसार आज पूर्व प्रहरी अधिकृत रमेश खरेल र राष्ट्रिय मानब अधिकार आयोगकी सदस्य मोहना अन्सारी नाम बेलुका ७ बजे घोषणा गरीने छ।

प्रतिस्पर्धीबाट ‘द लिडर’ का विजेतालाई काठमाण्डौमा अपार्टमेन्ट, गाडी र २० लाख रुपैयाँबाट पुरस्कृत गरिने छ ।