नायिका आँचलक शर्माको विवाह मिति तय

काठमाडौं । नायिका आँचल शर्माको बिहेको मिति तय भएको छ ।आउँदो फागुन २९ गते उदिप श्रेष्ठसँग आँचलको बिहे हुने भएको हो । आँचल र उदिपको विवाह राजधानीको बुढानिलकण्डमा रहेको होटल पार्क भेन्यूमा हुने परिवारको भनाइ रहेको छ ।

विवाहको भोलिपल्टै फागुन ३० गते उनीहरुको होटल हायातमा भव्य रिसेप्सनको आयोजना गरिने बताइएको छ । गत वर्षदेखि प्रेममा रहेकी नायिका आँचलले केहि महिना अघि मात्र आफ्नो र उदिपको प्रेमसम्बन्धको बारेमा खुलाएकी थिइन् ।

यो पनि… आँचल साहित्य कला पुञ्जले पाँच जना स्रष्टालाई सम्मान गर्ने

मकवानपुरमा रहेर साहित्यमा क्रियाशिल आँचल साहित्य कला पुञ्जले यसवर्ष पाँच जना स्रष्टालाई सम्मान गर्ने भएको छ । जिल्लामा रहेको एकमात्र नारी साहित्यकारको संस्थाले साहित्यका विभिन्न विद्यामा योगदान पु¥र्याउने स्रष्टालाई सम्मान गर्न लागेको जनाएको छ ।

संस्थाले हेटौंडामा पत्रकार सम्मेलन गरेर सम्मान तथा पुरस्कारको घोषणा गरेको हो । संस्थाले दिएको जानकारी अनुसार बालकुमारी जगन्नाथ भेटवाल स्मृति साहित्य सम्मान–०७६ समालोचक तथा कवि डा विन्दु शर्मालाई प्रदान गरिनेछ । समाजसेवी हरिवंश भेटवालले आफ्नो मातापिताको नाममा स्थापना गरेको पुरस्कारको राशी दश हजार रहेको छ ।

यस्तै संस्थाकी संस्थापक अध्यक्ष मुना अर्यालले आफ्नो दिदी प्रतिभा धितालको नाममा स्थापना गरेको प्रतिभा धिताल छन्द पुरस्कार–०७६ साहित्यकार प्रभा भट्टराईलाई प्रदान गरिने जनाइएको छ । पुरस्कारको राशी दश हजार रहेको संस्थाकी कार्यवाहक अध्यक्ष अनिता न्यौपानेले जानकारी दिइन् ।

त्यसैगरि ईश्वर लम्साल स्मृति पत्रकारिता सम्मान –०७६ पत्रकार नवराज शर्मालाई प्रदान गर्ने निर्णय भएको संस्थाले जनाएको छ । प्रकाश लम्सालले पिताको स्मृतिमा स्थापना गरेको सम्मानको राशी ५ हजार ५५५ रुपैयाँ रहेको छ ।

टीकादत्त–मायादेवी–कुलकुमारी साहित्यिक पुरस्कार–०७६ साहित्यकार ललिता दोषीलाई प्रदान गरिने कार्यवाहक अध्यक्ष न्यौपानेले जानकारी दिइन् । साहित्यकार रुकु कार्कीले पिता तथा माताद्वयको नाममा स्थापना गरेको पुरस्कारको राशी ११ हजार १ सय ११ रुपैयाँ रहेको छ ।

त्यसैगरी अप्सरा तिम्सिना लम्साल स्मृति साहित्य सम्मान–०७६ साहित्यकार आरसी रिजाललाई प्रदान गरिने जनाइएको छ । संस्थाकी संस्थापक उपाध्यक्ष तथा ०७३ देखि ०७५ सम्म अध्यक्ष भएकी तिम्सिनाको नाममा उनका मातापिता गजाधर तिम्सिना तथा यशोधरा तिम्सनाले स्थापना गरेको पुरस्कारको राशी १५ हजार रुपैयाँ रहेको छ ।

घोषणा गरेका सम्मान तथा पुरस्कार आगामी मंसिर २१ गते आँचल साहित्य कला पुञ्जको वार्षिकोत्सवको दिन प्रदान गरिने कार्यवाह अध्यक्ष न्यौपाले जानकारी दिइन् । कार्यक्रममा संस्थाकी संस्थापक अध्यक्ष मुना अर्याल, साहित्यसेवी मुक्ति गोविन्द वैद्य, कार्यसमितिका सदस्य तथा सञ्ञ्चारकर्मीको सहभागिता रहेको थियो । ०६९ साल मङ्सिरको २४ गते स्थापना यस संस्थाको स्थापना भएको थियो ।