अब ३७ हजारमै जापान जान पाइने

काठमाडौं। नेपाल वायुसेवा निगमले फागुन १९ गतेबाट काठमाडौंबाट जापानको नारितामा ३७ हजारमै सीधा उडान गर्ने भएको छ। यो गन्तव्यमा निगमले साताको तीन दिन सिधा गर्ने भएको छ। निगमले एयरबसको ए ३३० नामको २७४ सिट क्षमताको वाइडबडी जहाजबाट जापान उडान गर्ने भएको छ। निगमले सोमबार, बुधबार र शुक्रबार उडान गर्ने भएको छ।

काठमाडौंबाट बिहान १ बजेर २५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जापानको लागि उडेको जहाज सोही दिन अपरान्ह ६ बजेर २५ मिनेटमा काठमाडौंमा फर्कने जानकारी गरी निगमले उडान तालिका तय गरेको छ।

निगमले प्रवद्र्धनात्मक भाडाडर काठमाडौंबाट नारिताका लागि एकतर्फी ३७ हजार र दुईतर्फी भाडा ७३ हजार रुपैयाँ निर्धारण गरिएको उल्लेख छ। निगको यो उडानमा बिजनेस क्लासमा यात्रा गर्नेले प्रतिव्यक्ति २५ किलोका दुईवटासम्म ब्यागेज र इकोनोमी क्लासमा यात्रा गर्नेले प्रतिव्यक्ति २३ केजीका दुई वटा ब्यागेजको सुविधा पाउनेछन्।

नारिताको उडान प्रारम्भ भएपछि टोकियो र वरपरका यात्रुलाई सुविधा हुनेछ भने सिधा उडानले गर्दा ट्रान्जिटको झन्झटसमेत समाप्त हुने निगमको भनाइ छ।