‘भ्रष्टाचारीलाई रेड कार्ड’ देखाउन भन्दै बालुवाटार पुगेका विवेकशीलका ११ नेता पक्राउ

काठमाडौं– बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेदभाव गरेको भन्दै विरोधमा उत्रिएका विवेकशील नेपालीका नेता पक्राउ परेका छन् ।

शनिवार बिहान ‘भ्रष्टाचारीलाई रेड कार्ड’ देखाउन बालुवाटार पुगेको विवेकशीलका ११ नेतालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रन्जु दर्शना, संगीता बाटाजु, आलोक सुबेदी, वृतान्त खनाल लगायत ११ जना रहेका छन् ।

विवेकशीलकी उपाध्यक्ष अजीता राईका विज्ञप्ति जारी गर्दै ‘बालुवाटार ललिता निवासको सरकारी जग्गा हत्याउन विगतमा संलग्न रहेकालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा लगाउने तथा नलगाउने निर्णयमा पक्षधरता देखाएको हुनाले,’ विरोध प्रदर्शन गर्नुपरेको उल्लेख गरेकी छन्