१३ दिनमा गरिने मृ’त्यु संस्कार ७ दिनमै सम्पन्न

गोरखा। गोरखा जिल्लाको गोरखा नगरपलिका १ फिनमकी पवित्र कुमारी बुढाथोकी को मृत्यु पछी गरिने १३ दिने मृत्‍यु संस्कार (काज कृया) ७ दिनमै सम्पन्न गरिएको छ। गत माघ १८ गते १०२ बर्षको उमेरमा उनको मृत्‍यु भएको थियो ।

मृतकको जेठो छोरा तथा साबिक फिनाम गाबिसका पूर्व अध्यक्ष तथा नेकपा जिल्ला कमिटी सचिबालय सदस्य समेत रहेका सिताराम बुढाथोकीले १३ दिन सम्म गरिने बिधी पुरा गरी हिन्दू धर्म परम्परा अनुसार काजकृया सम्पन्न गरेको कुरा बताउनु भएको छ ।

मृतक बुढाथोकीकी ५ जना छोराहरु छन उनिहरुले छलफल गरी आमाको मृत्‍यु संस्कार ७ दिनमा टुङ्ग्याउने निर्णय गरेका हुन। समाज, देश अनी ब्यबस्था नै परिबर्तन भईरहेको अवस्थामा समाजमा बिद्द्यमान कुरुतिहरुलाई पनि बीस्तारै समय सापेक्ष बनाउदै लैजानु पर्ने कुरा मृतककी काइला छोरा भरत बुढाथोकीले बताउनु भएको छ।

बाचुन्जेल राम्रो सँग स्यहार सुसार गर्ने मरिसकेपछी छोरानातिलाई कस्ट दिनु हुँदैन भन्ने मान्यताका साथ हामीले सबै बिधी पुरा गरी आमाको मृत्‍यु संस्कार ७ दिनमै टुङग्याएको उहाहरुको भनाइ रहेको छ ।

नेपाल पन्चाङ्ग निर्णय समतिले पनि मृत्‍यु संस्कार १३ दिन गर्दा लामो भएको र यसलाई छोट्ट्याउनु पर्ने बिषयमा बिगत तीन चार बर्ष देखी छलफल चलाइरहेको छ तर ५ दिन वा ७दिन कती दिनसम्म गर्ने भन्ने सन्दर्भमा अहिले सम्म ठोस निस्कर्ष निकाल्न सकेको छैन, तर पछील्लो समयमा राजनीतिज्ञ तथा केही लब्ध प्रतिष्ठित ब्यक्तिहरुले मात्र आफ्नो आमा बाबुको मृत्‍यु संस्कारलाई छोट्याउने गरेको उदाहरण हरु देख्न पाईन्छ ।