करणले दिलाए नेपाललाई ठुलो सफलता एकै ओभरमा लिए दुई विकेट

काठमाडौं : आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृंखलामा अमेरिकाविरुद्ध करण केसीले एकै ओभरमा दुई विकेट लिएका छन्। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा उनले तेस्रो ओभरमा दुई विकेट लिएका हुन्।

करणले तेस्रो ओभरको चौँथो बलमा स्टीभन टेलर अन्तिम बलमा ओपनर जेभियर मार्सललाई पेभिलियन फर्काएका हुन्।