घण्टाघरको चारै भित्तामा महात्मा गान्धीको तस्वीर राख्ने योजना रद्द

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले भारतका राष्ट्रपिता महात्मा गान्धीको डेढ सयौं जन्मोत्सव समारोहमा भाग लिन पोहोर असोज १५ गते न्युयोर्कबाट सीधै नयाँ दिल्ली आएर राजघाटस्थित समाधीस्थलमा फूलमाला चढाइएको थियो ।

गान्धीलाई राष्ट्रसंघले त्यति महत्व दिएको यो ज्वलन्त उदाहरण हो । बिजेपी, कंग्रेस आई जो आए पनि राष्ट्रपिताप्रतिको सम्मानमा सबै उत्तिकै समर्पित छन् । भारतले त्यतिबेला एउटा प्रस्ताव राखेको थियो । काठमाडौं स्थिति रानीपोखरीछेउ घण्टाघरमा सबैले देखिने गरी महात्मा गान्धीको तस्वीरअंकित डिस्प्ले राख्ने । सबै कुरा सदर भयो । परराष्ट्रले पनि कूटनीतिक च्यानलमार्फत दूतावासलाई सहमतिको सन्देश पठायो ।

त्यो डिस्प्ले टाँगिनु अघिल्लो दिन बालुवाटारबाट खबर गयो, कसैले राति नै गएर ढुंगा हानिदियो भने के हुन्छ ? दूतावास सशंकित भयो । आश्चर्यचकित भयो र योजना रद्द गरियो । जनआस्था साप्ताहिकबाट