विमानले कि’च्यो टो ट्रक, ट्रकमा रहेका इन्जिनीयरको मृ’त्यु (भिडियो)

एजेन्सी। थाइल्यान्डको राजधानी बैंककमा रहेको डोन म्वेआङ अन्तर्राष्ट्रिय विमानस्थलमा बोइङ ७३७ विमानले विमानस्थलका एक इन्जिनीयरलाई शुक्रवार बिहान कि’चेर मा रेको छ ।

नोक एयर यात्रु लिनका लागि विमानस्थलको एक गेटमा जाँदै गर्दा बिहान ८ बजे ट्रकसँग विमान जोड्ने बार अचानक भाँ’चिएको थियो । त्यसो भएपछि ट्रक रोकिएको थियो तर त्यसको गतिले जेटलाई अगाडि बढाएको थियो । पछि विमान देब्रेतिर फर्किएर र सानो वाहन टो ट्रकमा ठो’किन पुगेको थियो ।

वाहनमा रहेका थानिसोर्न ओन्चा–आमलाई अस्पताल कुदाइएको थियो तर दुर्घ’टनामा निकै चो’टप’टक लागेपछि उनको मृ’त्यु भएको छ । टो ट्य्राक्टरमा रहेका अर्का मेकानिक दुर्घ’टनामा घाइते भएका छन् ।

विमानस्थल निर्देशक साम्फान खुथारानोनले भने, ‘ डोन म्वेआङबाट नाखोन सी थाम्मारात जाने नोक एयरको उडान नं डीडी६४५८ नोक एयरको टो ट्रकसँग् जुध्न पुगेको छ । गेटमा कुरिरहेका यात्रुलाई लिन उक्त विमानलाई ट्रकले तानेर लगिरहँदा दुर्घ’टना भएको थियो ।’ अधिकारीहरूले घट’नाको अनुसन्धान गरिरहेका छन् ।