कांग्रेसले आक्रोस पोख्दै संसदमा भन्यो, ‘अख्तियार अब अख्तियार आयोग होइन यो ओली आयोग हो

नेपाली कांग्रेस संसदीय दलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको निर्णयको कारण राजनीतिक वृत्तमा मौसम चिसो भएपनि गर्मी बढेको बताएको छ ।

शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकमा पार्टी उपसभापति विजयकुमार गच्छदार वालुवाटारस्थित ललिता निवास सरकारी जग्गा प्रकरणमा अख्तियारले मुद्दा दायर गरेपछि अख्तियार अब अख्तियार आयोग नभएर यो ओली आयोग भएको बताएको छ ।

कांग्रेस संसदीय दलका नेता मिन विश्वकर्माले शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सरकारको नेतृत्व गरेको प्रधानमन्त्री दोषी नहुने, मन्त्री दोषी कसरी हुन सक्छ भनेर प्रश्न गर्नुभयो ।

बैठकमा सभापति शेरबहादुरले नेकपा र सरकारले कांग्रेसमाथि आक्रमण गरेको बताएका छन् । ‘बैठकमा कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा, उपनेता विजयकुमार गच्छदारले सरकार र नेकपाले कांग्रेसमाथि आक्रमण गरेको भनाई राख्नुभयो ।’

त्यस्तै कांग्रेसले शुक्रबारको प्रतिनिधिसभा बैठक पनि अबरुद्ध गर्ने जनाएको छ। यसअघि बिहीबारको बैठक पनि कांग्रेसले अबरुद्ध गरेको थियो। (news२४ बाट)