चिनियाँ राष्ट्रपति सी चिनफिङलाई कोरोना भाइरस सं’क्रमणको हल्ला, वास्तविक के हो ?

एजेन्सी। चिनियाँ राष्ट्रपति सी चि’नफिङ केही दिनयता सार्वजनिक रुपमा देखिएनन् । प्रायः सक्रिय रहिरहने उनी नदेखिनुले विभिन्न आशंकाहरु फैलिए । चीनमा कोरोना भा’इरसको सं’क्रमण बढिरहँदा चि’नफिङ न’देखिंदा कतै उनलाई पनि रो’गले स’मातेको त होइन रु भन्ने सम्मको विषय उठ्यो । केही अ’न्तर्राष्ट्रिय मि’डियाले यसबारे आशंका समेत गरे । विशेषगरी पश्चिमा सञ्चार मा’ध्यमले सी चिनफिङ किन देखिएनन् रु भनी विश्लेषण समेत गरे ।

तर, धेरैको आशंका र हल्लालाई झुटा सावित गर्दै सी चिनफिङ हिजो सार्वजनिक रुपमा देखिए । उनलाई भेट्न कम्बोडियाका प्रधानमन्त्री हुन सेन बेइजिङ पुगेका थिए । चीनमा कोरोना भाइरसको संक्रमण देखिएपछि हुन सेन बेइजिङ पुग्ने पहिलो विदेशी नेता हुन् । हुन सेनको आ’गमनबाट सी चिनफिङ निकै खुशी भए । असल साथी आ’वश्यक पर्दा हुनुपर्ने भन्दै हुन सेनको प्र’शंसा गरे ।

यो पनि पढ्नुहोस: नेपालले चीनलाई १ लाख वटा मास्क चीन सरकारलाई सहयोग स्वरुप पठाउदै

नोबेल कोरोना भाइरस संक्रमण सुरक्षाका लागि नेपाल सरकारले १ लाख वटा प्रोटेक्टिभ मास्क चीन सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको उच्च पदस्थ सरोकारवालाको छलफलले यस्तो निर्णय सार्वजनिक गरेको हो । ‘नेपालले १ लाख संख्यामा प्रोटेक्टिभ मास्क चीन सरकारलाई सहयोग उपलब्ध गराउने निर्णय गरेको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

बिहान ११ बजे बसेको बैठकमा प्रधानमन्त्री ओलीले नोवेल नोबेल को’रोना भा’इरस संक्रमणको सम्भावित खतराबारे नागरिकको स्वास्थ्य र सुरक्षाका निम्ति सम्वद्ध निकायलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले शिवपुरी, इचङ्गुनारायण, सूर्यविनायक र खरीपाटी गरी चार स्थानमा क्वारेन्टाइन स्थल व्यवस्थित गरी नेपाल आउन चाहने विद्यार्थी र नागरिकहरूलाई ल्याउन पनि निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले सम्वद्ध क्षेत्रका प्रतिनिधिहरुलाई डाकेर निर्धारित कार्ययोजनाअनुरूप आवश्यक तयारीमा जुट्न निर्देशनसमेत दिएका छन् ।

‘कोरोना भाइरस संक्रमणको सुरक्षाबारे छलफल गरी रक्षा, गृह, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या र पर्यटन मन्त्री, मुख्य सचिवसहित सम्वद्ध सुरक्षा अधिकारीहरूलाई आवश्यक निर्देशन दिएको थापाले जनाए । ‘चीनबाट ल्याउनुपर्ने विद्यार्थी एवम् नागरिकहरूलाई यहाँ ल्याई गरिने उपचार तथा क्वारेन्टाइन अवधिको तयारीमा अविलम्ब जु’ट्न र सम्पूर्ण कार्य योजनाबद्द रूपमा सम्पन्न गर्न प्रधानमन्त्रीले ध्यानाकर्षण गराउनुभयो,’ थापाले भने ।