माधव,बाबुराम र बिष्णुमाथी मुद्दा खाेेेई, कम्युनिस्ट भए जे पनि छुट ?

काठमाडौं। नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बालुवाटार  जग्गा प्रकरणमा अख्तियारले दायर गरेको मुद्दाले अनौठो र प्रश्‍न उब्जाउने खालको भएको बताएका छन् ।

नेता पाैडेलले  अख्तियारले  दायर गरेको मुद्दामा कांग्रेस उपसभापति विजय गच्छदारलाई तत्कालीन मन्त्रीको हैसियतले मुद्दा दर्ता गरिएको तर कम्युनिष्ट पार्टीका भएका कारण तत्कालीन प्रधानमन्त्रीमाथि मुद्दा नचलाइएकोमा उनले आपत्ति अनि आक्राेस जनाए ।

‘अख्तियारले आज दायर गरेको मुद्दा हेर्दा अनौठी संशय र प्रश्न उब्जाएको छ,’ पौडेलले  भने, ‘लालझन्डा ओढेपछि जुनसुकै खत पनि माफ हुन्छ भन्ने भनाई कतै पूरा हुने त होइन?’

उनले पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र बाबुराम भट्टराई र नेकपा महासचिव विष्णु पौडेललाई मुद्दा नचलाइएको तर गच्छदार लगायतलाई चलाइएकाले अख्तियारले पार्टी र व्यक्ति छानेर मुद्दा दायर गरेको त होइन भन्ने प्रश्न उब्जिएको उनले बताए।

अख्तियारले आज बालुवाटार स्थिति ललिता निबासकाे जग्गा प्रकरणमा दाेसि ठहर गर्दै कांग्रेस उपसभापति बिजयकुमार गच्छदार सहित १७५जनालाइ बिशेष अदालत मा मुद्दा दायर गरेको थियाेे ।