अख्तियारले प्रधानमन्त्रीको सरकारी निवास भएको ललिता निवास जग्गा प्रकरणमा १०० जना भन्दा बढी व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्रीको सरकारी निवास भएको बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा विशेष अदालत स्रोतका अनुसार अख्तियारले १०० जनाभन्दा बढी व्यक्तिलाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ ।

अख्तियारले आफ्नै पूर्व प्रमुख आयुक्त दीप बस्न्यात लगायतलाई विपक्षी बनाएर बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
विशेष अदालत स्रोतका अनुसार अख्तियारले पूर्वमन्त्रीहरु विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी तथा तत्कालीन कर्मचारीहरु दीप बस्न्यात, छबिराज पन्त, दिनेशहरि अधिकारी लगायतलाई प्रतिवादी बनाएको छ ।

सीआईबीले बुझाएको अनुसन्धान प्रतिवेदनको आधारमा अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
बालुवाटारको २ सय ९९ रोपनीमध्ये १ सय १४ रोपनी सरकारी जग्गा ब्यक्तिको नाममा सारी भ्रष्टाचार गरेको देखिएपछि सरकारले छानबिन शुरु गरेको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआई)ले बालुवाटार जग्गा ब्यक्तिका नाममा सर्ने प्रकरणको अनुसन्धान गरी गत शुक्रबार मात्रै गृह मन्त्रालय र अख्तियारलाई प्रतिवेदन बुझाएको थियो ।