कांग्रेसमा नेतृत्व हस्तान्तरणको आवाज नेताहरूले सुनेनन्, अख्तियारले सुनेछ !

काठमाडौ। बालुवाटारस्थित ललितानिवासको जग्गा हिनामिना प्रकरणमा पूर्व उपप्रधानमन्त्री विजय गच्छदार र आफ्नै पूर्वप्रमुख आयुक्त दीप बस्न्यातसहित १ सय ७५ जनाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सरकारले अधिग्रहण गरेको १ सय १२ रोपनी जग्गा व्यक्तिका नाममा दर्ता गरी हिनामिना गरेको सार्वजनिक भएपछि यस विषयमा अनुसन्धान अघि बढेको थियो ।

यसैबीच अभिनेता दीपकराज गिरीले नेपाली कांग्रेसलाई जोडेर व्यंग्य गरेका छन् ।

उनले कांग्रेसका उपसभापति विजयकुमार गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि ‘कांग्रेसमा नेतृत्व युवा पुस्तामा चाँडै आउला जस्तो छ’ भनेका छन् ।